१५ महिनापछि इजरेल र हमासबीचको युद्धमा ‘विराम’ लागेको छ।
यो युद्धमा अहिलेसम्म ४७ हजार मानिसले ज्यान गुमाएका छन्। जसमा १० जना नेपाली पनि छन्।
गत २०२३ अक्टोबर ७ मा दक्षिणी प्यालेस्टाइनी विद्रोही समूहले अप्रत्याशितरुपमा इजरायलमाथि आक्रमण गरेको थियो।
लामो समयको प्रयासपछि कतारको मध्यस्थतामा युद्धरत पक्ष युद्धबिराम गर्न सहमत भएका हुन्। युद्धविराम औपचारिकरुपमा आइतबारदेखि सुरु हुनेछ।
यो युद्धविरामसँगै हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी रिहाइ हुने आशा पलाएको छ। तर उनीबारे अहिलेसम्म कसैले पनि एकीन खबर पुष्टि गरेको छैन।
इजरेली डिफेन्स फोर्सेसले केही गत वर्ष जारी गरेको एउटा सिसीटिभी फुटेजमा विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको देखिएको बताएको थियो। त्यसपछि उनीबारे केही खबर छैन।
अझै ९४ जना हमासको नियन्त्रणमा छन्। तीमध्ये अहिलेसम्म लगभग ६० जना जीवित हुनसक्ने इजरेलले अनुमान गरेको छ।
यो युद्धबिराम सहमतिसँगै हमासले आफ्नो नियन्त्रणमा रहेका ३४ जनालाई पहिलो छ साताभित्र रिहाइ गर्नेछ। तर यो सूचीमा विपिन जोशीको नाम भने छैन। उनको अवस्थाबारे कसैले केही भनेको छैन।
कञ्चनपुर घर भएका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञान पढ्थे। उनी इजरेल सरकारसँगको समन्वयमा सिक्दै र कमाउँदै कार्यक्रम अन्तर्गत इजरेल गएका थिए।
विपिनसँगै कृषि फर्ममा काम सिक्दै गरेका १७ जना नेपालीमध्ये १० जना हमासको आक्रमणमा मृत्यु भएको थियो। चार जना घाइते भएका थिए र दुई जना सकुशल थिए। विपिन भने सम्पर्कबिहीन भए।
पछि नेपाल सरकारले उद्धार गरेका विद्यार्थीहरूले हमासले प्रहार गरेको बम छेकेर विपिनले आफूलाई बचाएको बताएका थिए।
त्यसको केही समयपछि विपिन हमासको नियन्त्रणमा रहेको खबरहरू सार्वजनिक भए।
त्यो बेलादेखि अहिलेसम्म नेपालमा दुई पटक सरकार परिवर्तन भइसकेको छ। त्यो बेलादेखि अहिलेसम्मकै सरकारहरूले उनको रिहाइका लागि पटक पटक कूटनीतिक पहल गरेका छन्।
हाल परराष्ट्रमन्त्री आरजु राणाले युद्धविरामको तयारी हुने बेलादेखि नै कतार तथा इजरेललगायतसँग कुटनीतिक पहल गरिरहेकी छिन्।
विपिनको परिवार १५ महिनादेखि उनको बाटो कुरेर बसिरहेको छ…
भिडियो–