सोमबार, १४ जुलाई २०२५

‘अपरेशन राइजिङ लायन’- इरानमाथि इजरायलकाे ‘निर्णायक’ आक्रमण (भिडिओसहित)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2025-06-13 21:10:00
• • •

इजरायलले इरानमाथि घोषित आक्रमण सुरु गरेको छ। आक्रमण सुरु भएसँगै इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले एउटा भिडिओ सन्देश जारी गरेका छन्। र त्यसमा उनले ‘आवश्यकता रहेसम्म आक्रमण जारी रहने’ घोषणा गरेका छन्।

इरान विश्वको सबैभन्दा ठूलो परमाणु हतियार उत्पादन गर्ने देश हो। संयुक्त राष्ट्र संघको चेतावनी लत्याउँदै उनसले यस्ता खतरनाक परमाण परियोजनाहरू चलाउँदै आएको छ र अमेरिकालगायत विश्वका कैयौं देशले इरानमाथि प्रतिबन्ध लगाएका छन्। 

उसका ती परमाणु परियोजनाहरूलाई इजरायलले भने आफ्नो अस्तित्वका लागि ‘खतरा’ भनेको छ। तिनै परमाणु परियोजनाहरूलाई ध्वस्त पार्ने उद्देश्यका साथ इजरायले आक्रमण सुरु गरेको हो। यो आक्रमणको सुरुवातमै इजरायले इरानको ‘परमाणु प्रशोधन केन्द्रको मुटुमै’ प्रहार गरिएको जनाएको छ। यो प्रशोधन केन्द्र इरानको राजधानी तहरानभन्दा कम्तीमा २५५ किलोमिटर दक्षिणमा पर्ने नान्ताज सहरमा छ। 

इजरायली सेनाले यसलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको छ। इरानले पनि जवाफी आक्रमण गर्नसक्ने भन्दै प्रधानमन्त्री नेतन्याहूले पूरै देशमा संकटकालको घोषणा गरेका छन्। 

इजरायलको आक्रमणबाट इरानको सबैभन्दा प्रमुख परमाणु केन्द्रमात्रै ध्वस्त भएको छ। त्योसँगै इरानले केही ठूला परमाणु बैज्ञानिक र आफ्ना सैन्य कमाण्डर पनि गुमाएको छ। 

इरानका यो आक्रमणमा इरानका रिभोलुशनरी गार्डस्‌का प्रमुख हुसेन सलामी समेत मारिएका छन्। त्यस्तै इरानका बरिष्ठ परमाणु बैज्ञानिकहरू फिरेदून अब्बासी र मोहम्मद मेहदी पनि इजरायलको आक्रमणमा मारिएका छन्। अब्बासी इरानको परमाणु उर्जा संगठनका पूर्व प्रमुख हुन् भने मेहदी स्वतन्त्र इस्लामिक विश्वविद्यालयका अध्यक्ष हुन्। 

इजरायली आक्रमणमा मारिएका हुसेन सलामी अहिलेसम्मकै सबैभन्दा उच्च पदस्थ व्यक्ति हुन्। उनी सन् १८० मा इराकसँग युद्ध हुँदा उक्त रिभोल्युशनरीमा प्रवेश गरेका थिए। त्यसपछि उनी त्यही संगठनको प्रमुखसम्म भए। 

उनकै नेतृत्वमा गत वर्ष इरानले इजरायलमाथि सयौं क्षेप्यास्त्र आक्रमण गरेको थियो। इजरायलले आक्रमणको तयारी गरेको सूचना पाएपछि अघिल्लो दिनमात्रै उनले इरान जुनसुकै परिस्थितिका लागि पनि पूर्णरुपमा तयार रहेको बताएका थिए। 

इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेईले इजरायलले यसको ठूलै मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। पछिल्लो आक्रमणबाट इजरायलले आफ्नो घृणित चरित्र देखाएको भन्दै उनले इजरायले आफ्नो अँध्यारो भविष्यलाई आफैले निम्तो दिएको बताएका छन्। 

त्यस्तै इरानी सैनिकका प्रवक्ता अबोलफजल शेकरचीले यो आक्रमणको परिणाम इजरायल र अमेरिकाले भोग्नुपर्ने भन्दै चाँडै नै आक्रमणको जवाफ फर्काउने चेतावनी दिएका छन्। 
तर अमेरिकाले भने इजरायलको यो एकतर्फी आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै यसलाई इजरायलको निजी मामला भनेको छ। केही दिनअघिमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग परमाणु वार्ताको सम्भावना देखिएको बताएका थिए। 

तर इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि भने त्यो सम्झौताको सम्भावना पनि टरेको छ। 

वर्षौंदेखि आपसी द्वन्द्वमा उत्रिएका इजरायल र इरानबीच पटक पटक यस्ता आक्रमणहरू भइरहन्छन्। तर बिहीबार राति इजरायलले गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो र भयानक आक्रमण हो। 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?