सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रकाे निर्णय

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदैआएको समर्थंन फिर्ता लिने निर्णय गरेको छ। सो पार्टी स्थायी समितिको मंगलबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासकाे मत लिन प्रतिनिधिसभाकाे विशेष अधिवेशन राष्ट‍्रपतिबाट डाकिसकेका छन्। यो अवस्थामा माओवादीकाे समर्थन फिर्ताको कुनै राजनीतिक प्रभाव हुने छैन ।

सर्वोच्च अदालतको फैसलाबाट ०७७ फागुन २३ गते तत्कालीन नेकपा विघटन भई एमाले र माओवादीकेन्द्र अलग भएपछि पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीकाे विश्वास फिर्ता लिने बताउँदै आएकी थियाे तर पटक–पटकको बैठकपछि वैकल्पिक सरकार बन्न सक्ने अवस्था नभएको बताउँदै समर्थन फिर्ता लिन सकेको थिएन ।

गत साता मात्र माओवादी बैठकले विश्वासकाे मत फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई  दिएको थियो तर पनि उनले फिर्ता लिन सकेका थिएनन् । अब प्रधानमन्त्री आफैंले विश्वासको मत लिने भइसकेपछि मात्र विश्वास फिर्ता लिने निर्णय गरेको हाे ।

०७४ सालको चुनावमा एमाले र माओवादी मिलेर वाम गठबन्धन निर्माण गरी संयुक्त रुपमा चुनाव लडेका थिए । 

प्रधानमन्त्री ओली माओवादीकेन्द्रको समर्थनमा ०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । सोही सालको फागुन २७ गते प्रतिनिधिसभासभाबाट उनले विश्वासकाे मत लिएका थिए । 



प्रधानमन्त्रीको नयाँ रणनीति- जिते शासन गरिन्छ, हारे फेरि चुनावको बाटोमा  

एमालेसँग गठबन्धन गरी साझा घोषणापत्रबाट चुनाव लडेको माओवादीले समर्थन फिर्ता लिँदा उसैलाई महङ्गो पर्नसक्छ: विन्दा पाण्डे (अन्तर्वार्ता, भिडियो)

केपी शर्मा ओलीको दोस्रो र तेस्रो विकल्प पनि उहाँ नै प्रधानमन्त्री हो : लक्ष्मणलाल कर्ण (भिडियो अन्तर्वार्ता)

केपी ओलीले चुनाव ठोक्दिँदा प्रचण्डलाई कुकुरलाई पानीमा चोपल्नुजस्तै हुन्छ : गोकुल बाँस्कोटा (भिडियो अन्तर्वार्ता )

प्रकाशित मिति: : 2021-05-04 17:08:00

प्रतिकृया दिनुहोस्