बाढीकाे कहर

नागार्जुनमा पहिराेमा परेर घाइते भएका विककाे उपचारकाे क्रममा मृत्यु

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

पहिराेमा पुरिएर काठमाडाैँकाे नागार्जुन नगरपालिका- ३ स्थित सिङ्गल ट्रीनजिक एक जनाकाे मृत्यु भएकाे छ।

अविरल वर्षासँगै शनिबार बिहान ११ बजेतिर ट्रपिकल रेस्टुरेन्टकाे भान्सा काेठा पहिराेले पुरिँदा गाेरखाकाे शहीद लखन गाउँपालिका- ६ का २२ वर्षीय मनाेज विककाे मृत्यु भएकाे काठमाडाैँ प्रहरी परिसरले जनाएकाे छ।

उक्त रेस्टुरेन्टमा काम गर्दै आएका विक पहिराेमा पुरिएर घाइते भएका थिए।

घाइते उनकाे उपचारका क्रममा कलङ्कीस्थित मनमाेहन मेमाेरियल अस्पतालमा मृत्यु भएकाे हाे।

प्रकाशित मिति: : 2024-07-06 16:03:00

प्रतिकृया दिनुहोस्