अमला रोका धरौटीमा रिहा भएलगत्तै पक्राउ

जिल्ला अदालत काठमाडौंले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि अमला रोका फेरि पक्राउ परेकी छन्। 

६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी उनी सोमबार अदालतको आदेशअनुसार २ लाख धरौटी बुझाएर रिहा भएपनि लगत्तै पक्राउ परेकी हुन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

सीआईबीले  उनलाई टोखाबाट गत शुक्रबार पक्राउ गरेकाे थियाे। 

प्रकाशित मिति: : 2025-06-23 17:45:00

प्रतिकृया दिनुहोस्