‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
लोकान्तर
काठमाडौं उपत्यकाको चाबहिल-जोरपाटी-बागमती-साँखु सडकको ठेक्का सम्झौता भएको ५ वर्षभन्दा बढी समय बिते पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन।
२०७२ सालमा नै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकखण्डको ठेक्का लगाएको थियो। पटक-पटक म्याद थपिए पनि सडक निर्माणको भौतिक प्रगति भने हालसम्म जम्मा ७० प्रतिशत रहेको देखिन्छ।
उक्त सडक निर्माणको काम समयमै सम्पन्न गर्न दबाबसहित विगतमा तत्कालीन नेकपा हाल एमालेका प्रभावशाली नेता एवं काठमाडौं क्षेत्र नम्बर २ का सांसद माधवकुमार नेपाल पटक-पटक स्थलगत निरीक्षणमा गएका थिए।
तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रघुवीर महासेठलाई समेत स्थलगत निरीक्षणमा लगेर नेता नेपालले काम छिटोभन्दा छिटो सम्पन्न गराउन आग्रह गरेका थिए। तर उक्त सडक खण्डको भौतिक प्रगति निकै सुस्त छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया