सम्पत्ति शुद्धीकरण कांग्रेस नेता गणेश लामाले पाए सर्वोच्चबाट सफाइ

विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका कांग्रेस नेता गणेश लामालाई सर्वोच्च अदालतले सफाइ दिएकाे छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामालाई सफाइ दिएको हो।

उनीमाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको रकम विभिन्न आपराधिक क्रियाकलापबाट कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा २०७० जेठ ५ मा मुद्दा दायर गरेको थियाे।

२०७५ साउन २४ गते लामा विशेष अदालतबाट दोषी ठहर भएका थिए।

प्रकाशित मिति: : 2025-06-23 18:14:00

प्रतिकृया दिनुहोस्