‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज (साेमबार) मतदान हुँदैछ। गत शुक्रबारबाट सुरु भएकाे महाधिवेशनमा आइतबार उम्मेदवारकाे अन्तिम नामालवी प्रकाशित भइसकेपछि आज बिहान ८ बजेबाट साँझ ५ बजेसम्म मतदानकाे कार्यतालिका निर्धारण गरिएकाे छ।
सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन्। कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ।
प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि पाँच जना, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ।
पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भए पश्चात् सभापति पदको मतगणना हुनेछ। पहिलो चरणमा सभापतिमा ५० प्रतिशत मत नकटाए दाेस्राे चरणमा निर्वाचन हुनेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया