
बिएल संवाददाता
गण्डकी प्रदेशसभाका सांसद दीपक मनाङे पदमुक्त भएका छन्।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङको प्रदेश ‘ख’बाट निर्वाचित राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ सांसद बन्नका लागि अयोग्य रहेको ठहर गरेको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासले मनाङे चुनाव लड्नै अयोग्य रहेको ठहर गर्दै आजैका मितिबाट सांसद पदबाट मुक्त हुने फैसला गरेको हो।
योसँगै मनाङ ‘ख’ मा उपचुनाव गर्ने बाटो खुलेको छ।
गत कात्तिक २० गते सर्वोच्च अदालतले नै मनाङेलाई चक्रे मिलनमाथि भएको आक्रमणमा दोषी करार गर्दै ५ बर्ष कैद फैसला गरेको थियो।
मंसिर २ गते पक्राउ परेका मनाङे त्यसयता डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया