नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशनका

अछामबाट एमालेका १४ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

File Photo
File Photo

नेकपा एमाले अछामले १०औँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि छनोट गरेको छ। कार्यदलले अछामको दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेसी क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो।

महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट छ जना छनोट गरिएका छन् भने निर्वाचन क्षेत्र नम्बर २ बाट आठ जना छनोट भएका छन्।

निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फबाट कृष्णप्रसाद जैसी, हर्कबहादुर कुँवर (गोविन्द), प्रकाश शाह, भरत अयडी,  डिबी साउद, महिलातर्फ पशुपति कुँवर, दुधकला विष्ट प्रतिनिधिमा छनोट भएका छन्।

दलित समावेशीतर्फ रामबहादुर आउजी र राधिका भुजेललाई छनोट गरिएको छन्। यस्तै निर्वाचन क्षेत्र नम्बर २ खुलातर्फ यज्ञबहादुर बोगटी, बमबहादुर विसी, भरत साउद, शिवप्रसाद उपाध्याय, भिम जनाला, सर्वसहमतिबाट प्रतिनिधि छनोट गरिएको नेकपा एमाले अछामले जानकारी दिएको छ। 
 

प्रकाशित मिति: : 2021-11-16 16:31:00

प्रतिकृया दिनुहोस्