बाढीकाे कहर

दाङमा खाेलाले ट्याक्टर पल्टाउँदा १ जनाकाे मृत्यु

फाइल तस्विर
फाइल तस्विर

दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गढवा गाँउपालिका- ५ का ५५ वर्षीय छेदीराम चौधरी रहेका छन्। उनी ट्याक्टरमा सवार थिए।

शनिबार दिउँसो गढवा- ५कै गंगदी खोलाले रा १ त २१६६ नम्बरको ट्याक्टर पल्टाएकाे थियाे।

साथै ट्याक्टर पल्टदा खाेलामा परेका ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएकाे छ।

प्रकाशित मिति: : 2024-07-06 13:42:00

प्रतिकृया दिनुहोस्