‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
डिल्ली पाण्डे
मलेसियाको ‘लंकावी टापु’ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।
लोकप्रियताको दृष्ष्टिकोणले जताततै लोभ थपेको छ। आन्तरिक तथा विदेशी पर्यटकको संगमस्थल ‘लंकावी’ एउटा ऐतिहासिक कथा पनि हो।
चारैतिरबाट समुन्द्रले घेरिएको ‘स्वर्गस्थल’ माथि एकताका ब्रिटिश र जर्मनले खेल मैदान बनाएको रैथानेहरू बताउँछन्। भलै ‘लंकावी–कथा’ प्रथम विश्व युद्धसँग सम्बन्धित छ।
इतिहास र मनोरञ्जन लंकावी टापुका आफ्नै दाजुभाइ हुन्। जसको एकदमै फराकिलो गर्व लाग्दो विगत छ। तर पर्यटकहरू कथा कम सुन्छन्, रमाइलो ज्यादै गर्छन्।
मलाय प्रायद्वीपको रमणीय समुन्द्री तटमा भेटिन्छन्, हजारौँ विदेशी। अनि रमाउँछन्, होचो तटदेखि अग्लो जंगलसम्म।
लोकप्रिय चेनाङ तटमा ठूलो भीडभाड हुन्छ। कोरोना महामारीपछि लंकावी टापुमा पर्यटकको संख्या ह्वात्तै बढेको अधिकारीले जनाएका छन्।
चेनाङसहित थुप्रै सुन्दर समुन्द्री तटहरू छन्, जहाँ मनोरञ्जन र आराम खोज्दै अनेकौं मानिसहरू आउँछन्। लंकावीमा होटल र रिसोर्टको राम्रो विकास भएको छ।
उत्तरी भागको तान्जुङ तट पनि उत्तिकै चर्चित छ।
लंकावीलाई विश्वस्तरीय आकर्षणको केन्द्र बनाउन मलेसिया सरकारले पर्याप्त लगानी गरेको छ।
समुन्द्री तटका कतिपय भाग व्यवसायिक मनोरञ्जनका लागि खोलिएका छन्।
सुख–दुःख मेटाउन भरिभराउ आगन्तुक, नाटकीय चहलपहल। बालुवादेखि समुन्द्रमाथि खेलिरहेका भेटिन्छन्, युवा–युवती।
टापुको शान्त सौन्दर्यता। एकोहोरो बगिरहेको हावाको बेग। अनि समुन्द्र छेउको बेग्लै अनुभूति। साच्चिकै रमाइलो छ।
लाग्छ- भग्नावशेष इतिहास र उर्वर मैदानले लंकावीको उज्यालो भाग्य कोरिरहेको छ।








‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया