मुख्यमन्त्रीमा पाेखरेलकाे पुनःनियुक्ति बदर गर्न दबाब दिँदै प्रदेश प्रमुखकाे कार्यालय घेराउ

File photo
File photo

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका शकंर पोखरेलको नियुक्ति बदर गर्न माग गर्दै विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन्।

एमाले र विपक्षी गठबन्धनसँग समान ४०-४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवकाे कार्यालय घेराउ गरेका हुन्। 


पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै एमाले तीन सांसदले दिए राजीनामा

लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भए लगत्तै नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।

उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्। 

राजिनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दृगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन्।


पोखरेल पुन: मुख्यमन्त्री नियुक्त, विमलालाई दलत्याग ऐनअनुसार कारवाही हुने

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेल प्रदेशसभा सदस्य विमला वली माओवादीकेन्द्रमा लाग्ने घोषणा गरे पनि पुन: आजै मुख्यमन्त्री नियुक्त भएका छन्।

पोखरेललाई प्रदेश प्रमुखबाट आजै (आइतबार) सपथ ग्रहण गराउने तयारी छ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

पाेखरेललाई संकटमा पार्दै दाङकी सांसद विमला केसी माओवादी प्रवेश

माओवादीले सांसद् विमला केसीलाई गुरिल्ला शैलीमा अपहरण गरे: एमाले प्रदेश-अध्यक्ष गिरी

को हुन् मुख्यमन्त्री पोखरेललाई अप्ठेरोमा पार्ने विमला वली 

प्रकाशित मिति: : 2021-05-02 17:17:00

प्रतिकृया दिनुहोस्