पोखरेल पुन: मुख्यमन्त्री नियुक्त, विमलालाई दलत्याग ऐनअनुसार कारवाही हुने

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेल प्रदेशसभा सदस्य विमला वली माओवादीकेन्द्रमा लाग्ने घोषणा गरे पनि पुन: आजै मुख्यमन्त्री नियुक्त भएका छन्।

पोखरेललाई प्रदेश प्रमुखबाट आजै (आइतबार) सपथ ग्रहण गराउने तयारी छ। पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्ने छन्।

विमला वली एमाले संसदीय दलको सदस्य भइसकेकाले अब उनी माओवादीमा लागे पनि तत्काल पोखरेलको बहुमत नगुम्ने बरु राजनीतिक दलसम्बन्धी ऐनको दफा २९ अनुसार वलीलाई कारवाही अघि बढ्ने छ।

प्रधानमन्त्री ओलीनिकट एक कानून व्यवसायीले भने, 'वली माओवादी प्रवेशको घोषणा गर्दैमा बहुमत गुम्दैन, उहाँ नेकपाबाट चुनिएको भए पनि आज बिहानसम्म एमाले संसदीय दलको बैठकमा सहभागी हुनुभएकाे छ। यसअघि एमालेको जिल्ला कमिटी बैठकमा जानुभएको छ। त्यसैले उहाँ एमालेको सदस्य हाे। उहाँकाे हकमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २९ आकर्षित हुन्छ।'

राजनीतिक तलसम्बन्धी ऐनको दफा २९ मा लेखिएको छ, 'संसदीय दलको सदस्य हुने : कुनै दलको उम्मेवार नभई स्वतन्त्र रुपमा सङ्घीय संसद वा प्रदेशसभामा निर्वाचित भएको व्यक्तिले कुनै दलको सदस्यता लिएमा निज स्वत: त्यो दलको संसदीय दलको सदस्य हुनेछ।'

विमला हाल एमालेकाे चुनाव चिन्ह सूर्य लिएर लडेकाे र माओवादी प्रवेश गरेमा दल त्याग गरेकाे ठहरिने र साेही बमाेजिम प्रदेश सभाबाट कारवाही गरिने उनले बताए। 


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन्। उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्न राजीनामा दिएका हुन्।


पाेखरेललाई संकटमा पार्दै दाङकी सांसद विमला केसी माओवादी प्रवेश

नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी दाङकी सांसद विमला केसी माओवादी केन्द्रमा लागेकी छिन्।

उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुल प्रसाद केसीलाई पत्र लेख्दै आफू माओवादीमा केन्द्रमा प्रवेश गरेको जानकारी गराएकी हुन्।


माओवादीले सांसद् विमला केसीलाई गुरिल्ला शैलीमा अपहरण गरे: एमाले प्रदेश-अध्यक्ष गिरी

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीला गिरीले बिएल नेपाली सेवासँग संक्षिप्त कुराकानीमा भने, '‘सांसद् विमला केसीलाई माओवादीले गुरिल्ला शैलीमा अपहरण गरेर बेपत्ता बनाएको छ।’ 

'एमालेको प्रदेशसभा संसदीय दलको बैठकमा भाग लिन उहाँ आउँदै हुनुहुन्थ्यो, बीच बाटोबाटै सम्पर्कबिहीन हुनुभयो', उनले भने, 'उहाँलाई बीच बाटोबाटै माओवादीले बेपत्ता परेको छ। प्रदेशसभामा दर्ता गरिएको निवेदन नक्कली हो। त्यसलाई भेरिफाई गरिनुपर्छ।'


को हुन् मुख्यमन्त्री पोखरेललाई अप्ठेरोमा पार्ने विमला वली 

उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार भएर ५ हजार एक सय ४ मतान्तरले नेपाली कांग्रेसका उम्मेद्वार केशवराज शर्मालाई हराएकी थिइन्। ओलीले २४ हजार २ सय ८६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी ले १९ हजार १ सय ८२ मत पाएका थिए।

उनी प्रदेशसभाको चुनावमा उनका पति उत्तरकुमार ओलीको मृत्युपछि रिक्त भएको स्थानमा लडेकी थिइन्। ओलीले ०७४ सालको चुनावमा एमालेबाट प्रदेशसभा सदस्य जितेका थिए जसको निधन सडक दुर्घटनामा भएको थियो।

प्रकाशित मिति: : 2021-05-02 15:32:00

प्रतिकृया दिनुहोस्