पाेखरेललाई संकटमा पार्दै दाङकी एमाले सांसद विमला केसी माओवादी प्रवेश

नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी दाङकी सांसद विमला केसी माओवादी केन्द्रमा लागेकी छिन्।

उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुल प्रसाद केसीलाई पत्र लेख्दै आफू माओवादीमा केन्द्रमा प्रवेश गरेको जानकारी गराएकी हुन्।

उनले पत्रमा २०७६ मंसिर १४ गते सम्पन्न भएको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा निर्वाचित भएकोमा सर्वाेच्च अदालतको २०७६ फागुन २३ गतेको फैसलाबाट नेकपा पार्टी नरहेकोले माओवादी दलको क्रियाशिल सदस्य रहन इच्छुक रहेको उल्लेख गर्दै पार्टी सदस्यता पाउँ भनी निवेदन दिएकी छन्।

सांसद केसी दाङबाट प्रदेशसभा ३ (ख) बाट नेकपाका तर्फबाट उपचुनाव जितेकी हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार केशराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन्।

केसी स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन्।



लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन्। उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्न राजीनामा दिएका हुन्।

उनी संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका थिए।



शकंर पोखरेललाई घात: सांसद विमला केसीको पत्र- 'म माओवादी बन्न चाहन्छु' 

प्रकाशित मिति: : 2021-05-02 14:09:00

प्रतिकृया दिनुहोस्