बिएल संवाददाता
नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न मतदाताहरू तयार भए पनि मतदान सुरु भएको छैन।
पटक-पटक सार्दै बेलुकी ७ बजेबाट सुरु हुने भनिएको मतदानका लागि प्रतिनिधिहरू लाइन लाग्न थालिसकेका छन्। अध्यक्षका उम्मेद्वार केपी ओली र ईश्वर पोखरेलसहित शीर्ष नेताहरू मतदानस्थल पुगिसकेका छन्।
तर, अहिलेसम्म पनि मतदान सुरु भएको छैन। चिसो मौसम रहेकाले प्रतिनिधिहरू छिट्टै मतदान गरेर फर्किने तयारीमा मतदानको लाइन बसिसकेका छन्।
निर्वाचनमा ८० वटा विद्युतीय मेसिनबाट मतदान हुँदैछ। उम्मेद्वारहरूको नामावली सेट गर्न समय लागेकोले मतदानमा ढिलाइ भएको निर्वाचन आयोगले बताएको छ।
कुल २ हजार २६३ मतदाताले नयाँ नेतृत्व चयनका लागि भोट हाल्दैछन्। एकपटकमा ८० जनाले मत हाल्न पाउने र एकजना मतदातालाई सबै उम्मेद्वारलाई मत दिन आधा घण्टाभन्दा बढी समय लाग्ने भएकाले मतदानकै लागि पनि मध्यरातसम्म लाग्ने बताइएको छ।
भोलि दिउँसोसम्म मतपरिणाम सार्वजनिक गरिसक्ने निर्वाचन आयोगको तयारी छ।
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया