मङ्गलबार, १६ डिसेम्बर २०२५

एमालेको मतदान स्थगित भोलि बिहान ८ बजेबाट हुने

News Image
• • •

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ।

बेलुकी सात बजेका लागि तोकिएको मतदानका लागि प्रतिनिधिहरू घण्टौंदेखि लाइनमा बसेका थिए।

तर, अन्तिम समयमा मतदाताहरूलाई एकाएक हलभित्र बोलाएर निर्वतमान महासचिव शंकर पोखरेलले भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि स्थगित गरिएको जानकारी गराए।

भोटिङ मेसिनमा प्राविधिक गडबडी देखिएपछि मतदान स्थगित गरिएको एमाले स्रोतले बतायो। 

स्रोतका अनुसार अध्यक्षका उम्मेद्वार ईश्वर पोखरेल समूहले मेसिनमा गडबडी गरिएको आशंका गर्दै राति मतदान नगर्ने अडान लिएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!