माओवादीले सांसद् विमला केसीलाई गुरिल्ला शैलीमा अपहरण गरे: एमाले प्रदेश-अध्यक्ष गिरी

नेकपा (एमाले) ले प्रदेशसभा सदस्य विमला केसीलाई  माओवादी केन्द्रले गुरिल्ला शैलीमा ‘अपहरण’ गरेर माओवादीकेन्द्रमा लाग्छु भनी  विज्ञप्ति जारी गर्न लगाएको दाबी गरेको छ।

एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीला गिरीले यस्तो आरोप लगाएका हुन्।

गिरीले बिएल नेपाली सेवासँग संक्षिप्त कुराकानीमा भने, '‘सांसद् विमला केसीलाई माओवादीले गुरिल्ला शैलीमा अपहरण गरेर बेपत्ता बनाएको छ।’ 

केसी बिहानसम्म फोन सम्पर्कमा रहेको गिरीले बताए।

'एमालेको प्रदेशसभा संसदीय दलको बैठकमा भाग लिन उहाँ आउँदै हुनुहुन्थ्यो, बीच बाटोबाटै सम्पर्कबिहीन हुनुभयो', उनले भने, 'उहाँलाई बीच बाटोबाटै माओवादीले बेपत्ता परेको छ । प्रदेशसभामा दर्ता गरिएको निवेदन नक्कली हो । त्यसलाई भेरिफाई गरिनुपर्छ।'



पाेखरेललाई संकटमा पार्दै दाङकी सांसद विमला केसी माओवादी प्रवेश

नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी दाङकी सांसद विमला केसी माओवादी केन्द्रमा लागेकी छिन्।

उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुल प्रसाद केसीलाई पत्र लेख्दै आफू माओवादीमा केन्द्रमा प्रवेश गरेको जानकारी गराएकी हुन्।



लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन्। उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्न राजीनामा दिएका हुन्।

प्रकाशित मिति: : 2021-05-02 14:44:00

प्रतिकृया दिनुहोस्