क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
नेकपा एमालेको जारी महाधिवेशनबाट नयाँ नेतृत्वका लागि कर्णाली प्रदेशबाट महिलातर्फका तीनै जना उम्मेदवार निर्विरोध केन्द्रीय कमिटीमा पुगेका छन्।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार कर्णालीका तीन जना महिला निर्विरोध भई केन्द्रीय कमिटीमा पुग्ने भए पनि पुरुषतर्फ भने प्रतिस्पर्धा हुने अवस्था छ।
आयोगद्वारा सार्वजनिक सूचीअनुसार महिलातर्फबाट तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी केन्द्रीय कमिटीमा निर्विरोध निर्वाचित भएका हुन् भने पुरुषतर्फका ६ कोटाका लागि सात जनाको उम्मेदवारी परेको छ। निर्विरोध महिला केन्द्रीय कमिटी सदस्यको घोषणा भने औपचारिक रुपमा केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन।
जसअनुसार गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नागिन्द्र शाही (नेशनल), निरज आचार्य, योगेन्द्रबहादुर शाही, बिष्णु रिजालबीच ६ कोटाका लागि प्रतिस्पर्धा हुनेछ। कर्णाली प्रदेशबाट तीन महिला र ६ पुरुषसहित नाै जना केन्द्रीय कमिटीमा पुग्नु पर्नेमा सात जना पुरुषले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा हुने भएको हो। सातमध्ये एक जनाले पनि समयसीमाभित्र उम्मेदवारी फिर्ता लिएनन् भने कर्णालीमा पुरुष केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया