माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
बिएल संवाददाता
नेकपा एमालेको जारी महाधिवेशनबाट नयाँ नेतृत्वका लागि कर्णाली प्रदेशबाट महिलातर्फका तीनै जना उम्मेदवार निर्विरोध केन्द्रीय कमिटीमा पुगेका छन्।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार कर्णालीका तीन जना महिला निर्विरोध भई केन्द्रीय कमिटीमा पुग्ने भए पनि पुरुषतर्फ भने प्रतिस्पर्धा हुने अवस्था छ।
आयोगद्वारा सार्वजनिक सूचीअनुसार महिलातर्फबाट तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी केन्द्रीय कमिटीमा निर्विरोध निर्वाचित भएका हुन् भने पुरुषतर्फका ६ कोटाका लागि सात जनाको उम्मेदवारी परेको छ। निर्विरोध महिला केन्द्रीय कमिटी सदस्यको घोषणा भने औपचारिक रुपमा केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन।
जसअनुसार गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नागिन्द्र शाही (नेशनल), निरज आचार्य, योगेन्द्रबहादुर शाही, बिष्णु रिजालबीच ६ कोटाका लागि प्रतिस्पर्धा हुनेछ। कर्णाली प्रदेशबाट तीन महिला र ६ पुरुषसहित नाै जना केन्द्रीय कमिटीमा पुग्नु पर्नेमा सात जना पुरुषले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा हुने भएको हो। सातमध्ये एक जनाले पनि समयसीमाभित्र उम्मेदवारी फिर्ता लिएनन् भने कर्णालीमा पुरुष केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया