‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
‘सय किलो सुन प्रकरण’मा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुन्धान व्यूरो (सिआइबी)को टोलीले शुक्रबार बिहान त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा लुई फयान र लि जिएलिन रहेका छन्।
राजस्व अनुसन्धान विभागले केही दिनअघि पक्राउ परेका दावा छिरिङसँग उनीहरुको ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको हो। यस प्रकरणमा अहिलेसम्म तीन जना चिनियाँ समातिएका छन्।
चीन जान लागेका उनीहरुलाई अध्यागमनको सहयोगमा पक्राउ गरिएको हो। उनीहरु हिमालयन एयरबाट चीन जान लागेका थिए।
उनीहरुलाई अध्यागमन विभागले कालोसूचीमा राखेको थियो। त्यसपछि अध्यागमनले उनीहरुलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको हो। अध्यागमनलाई ब्यूरोले ती चिनियाँ नागरिकलाई कालोसूचीमा राख्न अनुरोध गरेको थियो।
अहिलेसम्म सुन प्रकरणमा २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
साउन २ गते राजस्वको टोलीले भन्सार जाँच पास गरेर बाहिरिएको करिब एक अर्बको सुन बरामद गरेको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया