नेपाली कांग्रेस १४औं अधिवेशन

कांग्रेस अधिवेशन: सिरहाका १० स्थानीय तहमा सर्वसम्मत

File Photo
File Photo

नेपाली कांग्रेसको १४औं अधिवेशनअन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ।  सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन्।

लहान र धनगढीमाई नगरपालिको निर्वाचन भईरहेको छ भने बाँकी पालिकाहरूमा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको छ।

अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अशिषलाल यादव, गोलबजार नगरपालिकामा लालबाबु भन्ने राजदेव साह, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्याणपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे सर्वसम्मत निर्वाचित भएका छन्।

त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यानन्द साह, भगवानपुर गाउँपालिकामा सुवास यादव, नवराजपुर गाउँपालिकामा मदन यादव, बरियारपट्टी योगेन्द्र यादव र नरहा गाउँपालिकामा कमलप्रसाद मण्डल निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी पालिका कार्यसमिति पनि सर्वसम्मतिमै चयन भएको छ।

प्रकाशित मिति: : 2021-11-24 15:58:00

प्रतिकृया दिनुहोस्