पूर्वप्रधानमन्त्री एंव नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ।
बुधबार विशेष अदालतमा बयान र थुनछेक बहस सकिएको हो।
न्यायाधीशहरूले आजै आदेश जारी गर्ने तयारी गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते नेपालसहित पतञ्जली जग्गा हिनामिना प्रकरणमा जोडिएका प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। त्योसँगै नेपालको सांसद पद स्वतः निलम्बन भइसकेको छ।