विशेष अदालत पुगिन् रामकुमारी झाँक्री, आदेशको पर्खाइ माधव नेपाल

Break n Links
Break n Links

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेत्री रामकुमारी झाँक्री विशेष अदालत पुगेकी छिन्। 

बुधबार साँझ नेपाललाई भेट्न उनी अदालतकाे इजलास कक्षमै पुगेकी हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा जाेडिएकाे भन्दै नेपालविरुद्ध विशेष अदालतमा दायर गरेकाे मुद्दाको थुनछेक बहस सकिएसँगै नेपाल आदेशको पर्खाइमा छन्। 

प्रकाशित मिति: : 2025-06-25 19:55:00

प्रतिकृया दिनुहोस्