यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
घर बाहिरको काठको थोत्रे कुर्सीमा बसेर
आफ्नो अतीतमा गुमाएका
ती सबै तिता-मिठा पलहरुलाई सम्झेर
बाउ रूदैछन्।
चाउरी परेको गालाको छाला
धमिलो-धमिलो पार्दै गरेका ती आँखाका ज्योति
अनि उकुसमुकुस परेको उमेरसँग
एक्लै लाप्पा खेल्दै
बाउ रूदैछन्।
परिवारप्रति गरेको समर्पण
उमेर हुँदा खसाएको पसिना
अनि त्यही पसिनाले लिपेको
आफ्नो छोराछोरीको भाग्य
फेरि त्यही भाग्यले एकदिन
लत्यायो उसको वर्तमानलाई
आज सम्झेर पुरानो सम्झनालाई
बाउ रूदैछन्।
घर बाहिरको काठको थोत्रे कुर्सीमा बसेर
बैंसमा रमाएर उसलाई जीवन-सङ्गिनी बनाएका थिए
कति कलकलाउँदो माया दुवै जनाको थियो
तर, आज त्यो ओछ्यानमा
पुरानो सिरानीलाई सुमसुमउदै एकलै
सँगिनी बिनाको करकापले भरेको जीवन बिताउँदै
बाउ रूदैछन्
सँगिनीको साथलाई सम्झेर।
यसपालि त घर फर्किन्छन् कि भनेर
छोरा-बुहारी र छोरी-ज्वाइँको प्रतिक्षामा बस्दै
विजय दशमीको अक्ष्यता टिका
झर्के थालमा सजिएको हरियो जमरा लिएर
बाउ रूदैछन्।
घर बाहिरको काठको थोत्रे कुर्सीमा बसेर
हो यो सत्य हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया