विश्व क्यान्सर दिवस र मेराे अनुभव:

क्यान्सर लाग्दैमा मान्छेको जीवन समाप्त हुने होइन रहेछ

क्यान्सर हुँदैमा जीवन समाप्त हुँदैन। बेलैमा उपचार गरे सबैकाे माया हाैसला पाए। र, नियमित औषधि सेवन गरे क्यान्सर निकाे हुन्छ। सबैभन्दा ठुलाे उपचार मनाेबल नै हाे। अझ भनाैँ, क्यान्सर राेगकाे आधा उपचार त उच्चमनाेबल र आत्मविश्वास नै हाे।

Breaknlinks
Breaknlinks

जब मलाई पहिलाेपटक क्यान्सर भएकाे थाहा भयाे, त्यतिबेला एकछिन याे संसार टक्क राेकिएजस्ताे लाग्याे। आँखामा कुनै दृश्य देखिनँ। श्वास राेकिएजस्ताे भयाे। म केहीबेर शून्य भएँ। अब जिन्दगी नै सकिएजस्ताे, कता-कता सबै कुरा सकिएजस्ताे। तर, जब उपचारकाे क्रममा आफूलाई बुझाउँदै, सम्हाल्दै लगेँ क्यान्सरसँग लड्दै गरेका तमाम मानिसहरुकाे बाँच्ने चाहना र निकाे हुने अभिलाषाहरु देखेँ अनि मभित्र पनि बाँच्ने हिम्मत र विश्वास बढेर आयाे।

क्यान्सर हुँदैमा मान्छेकाे जीवन समाप्त हुने हाेइन रहेछ। माया, हाैसला र आत्मबल दह्राे बनाए जस्ताेसुकै राेगलाई पनि जित्न सकिन्छ भन्ने थाहा पाएपछि मैले पनि क्यान्सरसँगकाे याे लडाइँ जित्नुपर्छ भन्ने विश्वास बढ्याे।

पेशाले कलाकारिता सँग-सँगै म नाटक प्रशिक्षण दिने काम गर्थे। र, सडक नाटक प्रशिक्षणकाे सिलसिलामा वल्ड भिजन इन्टरनेसनल, सि.आर.एस नेपाल, अक्सफार्मलगायतका एनजिआाे र आइएनजिओकाे परियाेजनाहरुमा तालिम सन्चालन गरिरहेकाे बेला मेराे स्वास्थ्यमा केही समस्या सुरु भयाे।

सुरु-सुरुमा झाडापखला हुने रगत देखापर्ने र बिस्तारै बारम्बार दिशा लाग्ने समस्या भएपछि डाक्टरकाे सल्लाह अनुसार काठमाडाैँ मेडिकल कलेज (केएमसी) अस्पताल सिनामगंलमा काेलाेनाेस्काेपीकाे जाँच गराएर रिपाेर्ट आएपछि मलाई क्यान्सर भएकाे थाहा भयाे। पेटकाे ठुलाे आन्द्रामा ट्युमरका कारणले क्यान्सर भएकाे थाहा पाएपछि साउन १२ गते भक्तपुर क्यान्सर अस्पताल भर्ना भएँ। र, किमाे चढाउन सुरु गरियाे।

किमाे दिँदा धेरै पीडा हुन्छ, पीडा सहन नसकेर मान्छेकाे मृत्यु पनि हुन सक्छ भन्ने सुनेकाे थिएँ। त्यसले गर्दा सुरुमा म निक्कै डराएकाे थिएँ। म डराउँछु भनेर मेरी श्रीमतीले मलाई नभनी झुक्याएर किमाे चढाउन लगाइछिन। पछि थाहा भयाे किमाे त चढाइसकेकाे रहेछ तर मलाई केही भएन केही गाह्राे अप्ठ्याराे भएन।पहिला सुनेकाे कुरा सबै भ्रम रहेछ। पहिलाेपटक किमाे चढाउँदा सातदिन अस्पताल बस्नु पर्‍याे।

अस्पतालमा मलाई माया गर्ने कलाकार, आफन्त साथी-भाइहरुकाे घुइँचाे लाग्याे। सबैकाे माया र शुभेच्छाले मेराे आत्मविश्वास बढ्दै गयाे। कलाकार संघ, विभिन्न संघ-संस्था, पत्रकार, साथी-भाइलगायत सबैबाट माया र सहयाेग पाएँ।

करिब एक महिनामा तीन साइकल किमाे चढाएपछि रेडिएसन थेरापी गरियाे। जसलाई सेक्ने पनि भनिन्छ। मेसिनकाे विकिरणबाट सेकाइ गरिन्छ। डेढ महिनाकाे रेडिएिन सकिएपछि केही समय निकै कमजाेर महसुस भयाे। र, पटक्कै खान मन लागेन। किमाेकाे समय र रेडिएसनकाे समयमा खाना हेर्नै मन नलाग्ने रहेछ। त्यतिबेला निकै कमजाेर महसुस भयाे।

तर, मलाई याे लडाइँ जित्नु थियाे, मैले हिम्मत हारिनँ। खान मन नलागे पनि जबर्जस्ती खान थालेँ। कहिलेकाहीँ मनमा नराम्रा कुराहरु आउँथे तर मनलाई सम्झाउँदै बुझाउँदै मन दह्राे बनाउन थालेँ। सबैकाे माया र आाशिर्वादले अझ हाैसला बढ्दै गयाे। र, अप्रेसन्र गर्ने बेलामा चाहिँ डराउदिनँ भन्दा पनि डर लाग्दाे रहेछ।

अप्रेसन थियटरमा छिर्ने बेलामा थुप्रै साथी-भाइ, आफन्त र शुभ-चिन्तकहरुकाे भीड थियाे। नआत्तिनुस् केही हुँदैन हामी छाैँ भनेपछि म ढुक्क भएँ। मुटु बलियाे बनाएर अप्रेसन थिएटरभित्र गएँ। केही समयमा आइसियुभित्र लगियाे र म बाँचेछु भन्ने आभास भयाे।

साेचेँ जीवनमा एकपटक त मर्नैपर्छ तर कहाँ कसरी मरिन्छ थाहा हुँदैन हाेला। मृत्य अन्तिम सत्य हाे भन्ने बुझेपछि मलाई मृत्युसँग त्यति डर छैन। तर, यत्ति थाहा छ, मैले अझै केही गर्नुपर्छ मेरा अधुरा कामहरु बाँकी छन्, अनि मैले देखेकाे सुनाैलाे सपनाले मलाई बाेलाइरहेकाे छ। मलाई पर्खिरहेकाे छ, यति सजिलै मृत्युले मेराे सपनालाई खाेस्न सक्दैन भन्ने कुरामा म दृढ भएँ।

वास्तवमा श्रीमान-श्रीमती एक रथका दुई पाङ्गा भन्ने कुरा मलाई यतिबेला थाहा भयाे, जतिबेला मेराे जीवन-संगिनीले हरेकभन्दा हरेक अप्ठ्याराे समयमा साथ दिइन्। र, मेराे हाैसला घट्न दिइनन्। त्याे हिम्मत र साहस नै मेराे आत्मविश्वासकाे आधार बन्याे।

र, मेराे उपचारका लागि चिन्ता लिने र अहाेरात्र खट्ने, मलाई असाध्यै माया गर्ने तपाईंहरु सधैं मेराे मन-मुटुमा रहनुभएकाे छ। मैले नाम लिइरहनु पर्दैन तपाईंहरुलाई थाहा छ।

अहिले म क्यानसरकाे अप्रेसन पछिकाे पहिलाे किमाे दिएर बसेकाे छु। र, डक्टरहरुका अनुसार मेराे स्वास्थ्यमा सुधार भइरहेकाे छ।

भक्तपुर क्यान्सर अस्पतालका डाक्टर राेशन प्रजापती किमाे स्पेसलिस्ट हुनुहुन्छ। उहाँले मलाई राम्राे ख्याल गरिरहनु भएकाे छ। र, सर्जन विशेषज्ञ डा.दीप लामिछानेले मेराे सफल अप्रेसन गर्नुभएकाे हाे। र, डा. श्वेता बरालले रेडिएसन थेरापी हेर्नुभएकाे हाे। मेराे उपचारमा संलग्न भक्तपुर क्यान्सर अस्पतालका सम्पूर्ण डक्टर, नर्स तथा कर्मचारीहरुलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु।

क्यान्सर हुँदैमा जीवन समाप्त हुँदैन। बेलैमा उपचार गरे सबैकाे माया हाैसला पाए। र, नियमित औषधि सेवन गरे क्यान्सर निकाे हुन्छ। सबैभन्दा ठुलाे उपचार मनाेबल नै हाे। अझ भनाैँ, क्यान्सर राेगकाे आधा उपचार त उच्चमनाेबल र आत्मविश्वास नै हाे।

क्यान्सरसँग नडराऊँ। बेलैमा राेगकाे पहिचान गराैँ। क्यान्सर राेगकाे उपचार नेपालमै सम्भव छ।

विश्व क्यान्सर दिवसकाे अवसरमा आउनुस्, हामी सबै हातेमालाे गराैँ। विश्व क्यान्सर दिवस विविध सचेतना जगाइ सफल पाराैँ।

क्यान्सर लाग्दैमा मरिहालिन्छ भन्नु एकादेशको कथाजस्तै हो: डा. शाही (अन्तर्वार्ता)

प्रकाशित मिति: : 2024-02-04 21:09:00

प्रतिकृया दिनुहोस्