बिएल संवाददाता
—प्रविन भट्टराई
बिहीबार नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम भैरहवामा भएको एक कार्यक्रममा बोल्दा बोल्दै एक्कासी भुइँमा लडे। त्यसलत्तै उनलाई मणिग्रामस्थित क्रिमसन अस्पताल लगिए पनि डाक्टरले उनलाई मृत घोषित गरे।
भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए। अचानक मुटु चल्न बन्द हुँदा अर्थात् हर्ट अरेस्ट भएर उनको मृत्य भएको डाक्टरले बताएका छन्।
नेपालमा पछिल्ला वर्षहरूमा युवादेखि वृद्धसम्म अचानक मृत्यु, विशेष गरी हृदयघात वा निद्रामा नै मृत्यु हुने घटनाबारे जनचासो बढ्दो छ। यस्ता घटनाहरूपछि धेरैले कोरोना भाइरसविरुद्ध लगाइने निःशुल्क खोपसँग यसको सम्बन्ध हुन सक्छ कि भन्ने प्रश्न उठाएका छन्।
तर, गौतमको मृत्युमा भने कोरोनाकै खोपको असर हो वा होइन यस विषयमा भने अहिले यसै भन्न सकिन्न। उनले कोरोना खोप लगाएका थिए कि थिएनन्। यदि लगाएकै थिए भनेपनि उनको मृत्यु पछाडि त्यहि कारण थियो कि थिएन यस विषयमा लामो अध्ययन जरुरी होला।
तर, विश्वव्यापी अध्ययनहरूका आधारमा हेर्दा, कोभिड संक्रमणले हृदयसम्बन्धी समस्याहरू जस्तै मायोकार्डाइटिस, पेरिकार्डाइटिस, हार्ट फेल्योर र अतालत (arrhythmia) बढाउन सक्छ भन्ने प्रमाण पाइन्छ।
यद्यपि, खोप लगाइसकेपछि पनि केही दुर्लभ घटनामा, विशेष गरी युवा पुरुषहरूमा, मायोकार्डाइटिस वा पेरिकार्डाइटिसजस्ता समस्या देखिएको छ। तर ती घटनाहरू अत्यन्तै कम र प्रायः अस्थायी हुने गरेका छन्।
नेपालमा भएका केही अध्ययनहरूले खोपपछिका सामान्य असरहरू (जस्तै थकान, टाउको दुख्ने, ज्वरो आदि) मात्र देखाएका छन्। तर गम्भीर वा जीवन–जोखिम हुने असरका प्रमाणहरू अहिलेसम्म भेटिएका छैनन्।
तर जस्तै, बुटवल वा नेपालका अन्य ठाउँमा युवा उमेरमै बोल्दै–खेल्दै गर्दा अचानक ढल्ने वा निद्रामा नै मृत्यु हुने घटनाहरू, नेपालमा स्थानीय तहमा यस्ता घटनाहरूको वैज्ञानिक अध्ययन र पोस्ट–मोर्टम विश्लेषण गर्न जरुरी देखिन्छ। जसले गर्दा युवा मृत्युदर र सम्भावित कारणहरूबारे यथार्थ जानकारी दिन सक्छ।
कोभिड १९ विरुद्ध विश्वका विभिन्न मुलुकहरूमा लगाइएको खोप विश्व स्वास्थ्य संगठन बाट प्रमाणित तथा अनुमती प्राप्त भएको बताइएको छ। हालसम्म विश्व स्वास्थ्य संगठन वा स्वास्थ्यकर्मीहरूले उक्त खोपद्वारा मानव स्वास्थ्यमा जटिल समस्याहरू निम्त्याएको बारेमा कुनै रिपोर्टहरु सावर्जनिक गरेका भने छैनन्।
तर, नेपालमै पनि अधिकांश मानिसहरूले उक्त खोप लगाए पश्चात आफ्नो स्वास्थ्यमा विभिन्न खालका समस्याहरू उत्पन्न भएको बताएका छन्। कोभिड विरुद्धको दुई डोज खोप लगाएका एक व्यक्तिले यो आलेख तयार पार्ने क्रममा आफ्नो अनुभव सुनाएका थिए। उनले भनेअुसार खोप लगाएको केहि समय भित्रै उनको स्वास्थ्यमा अनेक किसिमका समस्याहरू उत्पन्न भएको रहेछन्।
लामो समय हिंड्न समस्या हुने, जिउ दुख्ने, शरिरमा ह्वाइट बल्डको मात्रामा कमीहुने र रत्तचाप अनियन्त्रीत हुने खालको समस्या उत्पन्न भएको उनको अनुभव छ। यस्तो समस्याहरू धेरै जनाले भोग्दै आएका छन्। यस विषयमा विभिन्न स्वास्थ्य सम्बन्धी संघसंस्थाहरुले अध्ययन अनुसन्धानहरू गरिरहेका छन्। तर, हाल सम्म रिर्पोटहरू भने सार्वजनिक भइसकेका छैनन्।
यदि स्थानीय समूदायमा यस्ता घटना बारम्बार देखिँदैछन भने, जिल्ला स्वास्थ्य कार्यालय वा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) लाई जानकारी गराई अनुसन्धानको माग गर्नु उपयुक्त हुन्छ।
साथै, व्यक्तिगत रूपमा पनि स्वास्थ्य परीक्षण गराउँदै हृदयसम्बन्धी जोखिमहरू (जस्तै मुटुको धड्कनमा अनियमितता, छाती दुख्ने, थकान) देखिए तुरुन्त चिकित्सकको सल्लाह लिनु जरुरी छ। नेपालका युवामाझ यस्ता घटनाहरूको ढाँचा बुझ्न दीर्घकालीन अध्ययन र स्वास्थ्य अभिलेखको सूक्ष्म विश्लेषण अत्यावश्यक भएको स्पष्ट देखिन्छ।
(लेखक भट्टराईले क्लिनिकल मोनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।)
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया