ओलीले तिरे पार्टी सदस्यता शुल्क र लेबी

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन्।

बुधबार एमाले केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर अध्यक्ष ओलीले आर्थिक दायित्व फरफारक गरेका हुन् । 

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए। 
 

प्रकाशित मिति: : 2025-06-25 16:52:00

प्रतिकृया दिनुहोस्