सगरमाथा आरोहणको मुख्य स्प्रिङ सिजन अर्थात् वसन्त ऋतु। नेपालमा हिमाल आरोहण गर्ने दुई प्रमुख सिजन हुन्– शरद र वसन्त ऋतु। अप्रिल, मे र अक्टोबर महिना हिमाल आरोहणको प्रमुख महिना हो। हिमाल आरोहणको सामान्य नियमअनुसार शरद ऋतुभन्दा वसन्तमा अनुकूल हुन्छ।
मे महिनामा सगरमाथा चढ्नेहरूकाे ठूलो भीड हुन्छ। वसन्त ऋतु लागेसँगै सगरमाथा चढ्न विदेशी हिमाल आरोही पर्यटकहरू धमाधम नेपाल आउन थालेकाे पर्यटन व्यवासायीहरू बताउँछन्। काेराेना महामारीले महिनाैं थलिएकाे पर्यटन व्यवसायी पछिल्लाे चरण पर्यटकहरूकाे आगमनसँगै विस्तारै माथि उठ्न थालेकाे छ। व्यवसायीहरू थप उत्साहित देखिन्छन्।
आइस्फल डाक्टरको टोलीले वेसक्याम्पवाट क्याम्प–२ सम्म रूट खोल्न सुरू गरिसकेको बताइन्छ। क्याम्प–२ वाट माथी भने नेपाली पर्वतीय गाइडहरूले खुलाउने गर्छन्।
शुक्रवार साँझ बाैद्धमा भेटिएका ‘माउन्टेन गाइड’ तथा कीर्तिमानधारी आरोही शेर्पा पनि सगरमाथा तर्फ जाने तरखरमा थिए। एक दुई दिन भित्र लुक्ला तर्फ उड्ने उनले बताएका छन्। सगरमाथा आराेहणकाे रूट खुलाउनेदेखि डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य टोलीको नेतृत्व कामिरिताले गर्दैछन्।
उनको टोलीले रूट खोलेर डोरी नटाँगेसम्म आरोहण टोली क्याम्प–२ बाट अगाडि बढ्दैन्। र, हिमाल चढ्न पनि सक्दैन्। उनको टोलीमा ८ जना सदस्य छन्। 'तर रूट खोल्न र डोरी टाँग्न १२ जना जतिको श्रम जनशक्ति आवश्यक पर्छ,' उनले भने। तिनको टोलीले क्याम्प–२ देखि सगरमाथाको शिखरसम्म बाटो खोल्नेदेखि डोरी टाग्ने कार्य गर्नेछन्।
'यो कार्य जोखिपुर्ण छ। लामो जाडो मौसममा हिउँले ड्याम्मै भरिएको हुन्छ। हिमालको बाटो सबै पुरिएको हुन्छ। अघिल्लो वर्षको क्लाईम्विङ रूटको नाम निशाना हुँदैन,' उनले भने।
हिमाली क्षेत्रमा जन्मे–हुर्केको शेर्पाहरू हिमाल आरोहण क्षेत्रमा विश्वभर कहलिएका छन्। माइनस डिग्री तापक्रममा बाक्लो हिउँ पहिल्याउँदै, रूट पहिचान गर्दै डोरी टाँग्ने जोखिमपुर्ण कार्यमा यी सहासिक नेपाली पर्वतीय गाइडहरूले प्रत्येक वर्ष ज्यानको जोखिम लिएर खटिन्छन्।
हिमालमा सधै जोखिम हुन्छ। प्रत्येक पाइलामा मृत्यु र जीवनको झिनो रेखा हुन्छ। लेक लाग्ने, हिमपहिरो खस्ने, हात खुट्टा भाँचिने गएदेखि फर्किन्जेल जोखिम नै जोखिम हुन्छ। तर उनी आफ्नो कामप्रति सधै प्रतिवद्ध र इमान्दार छन्।
सगरमाथामा रेकडै–रेकर्ड राखे तर उनी भन्छन्– रेकर्ड राख्न कहिल्यै हिमाल चढेनँ
२५ पटक विश्वको अग्लो शिखर चढेर किर्तिमान राखेका नेपाली ‘माउन्टेन गाइड’ हुन ५२ वर्षे कामिरिता शेर्पा।
सन् १९९२ मा २२ वर्षको युवा उमेरमा हिमाल पेशामा लागेका उनी २४ वर्षमा पहिलो पटक सगरमाथाको शिखर चुमेका थिए। सन् २००९,२०१० र २०१२ मा रूट खोल्ने टोलिमा सहभागी उनले एकै सिजनमा दुई–दुई पटक समम सगरमाथाको टुप्पोमा पुगेका थिए। तर २०१२ को रेकर्ड भने भएन। त्यसपछि २०१३ मा रोप फिक्सिङगमा गएको सगरमाथा पुगेर पुनः क्याम्प २ झरेर कतारी राजकुमारलाई लिएर सगरमाथामा पुगेका थिए।
सन् २०१८, २०१९, २०२१ मा उनले आफ्नै रेकर्ड तोडे। यद्धपि उनी कहिल्यै पनि रेकर्ड राख्न हिमाल चढेनन्। सगरमाथा चढ्नु उनको लागि 'पानी–पढेरा' जस्तै हो। हिमाल चढ्नु उनको पेशा हो। 'मैले कहिले पनि रेकर्ड राख्न हिमाल चढेनँ,' उनी इमान्दारीको साथ भन्छन्,' रोजिरोटीको लागी हिमाल चढ्नु मेरो लागि एउटा सामन्य पेशा जस्तै हो।'
उनले विगत केहि वर्षदेखि लगातार आफ्नै रेकर्ड तोड्दै आएका छन्। यसपल्ट पनि उी सधै जसो आफ्नो कामको सिलसिलामा हिमाल तर्फ जादैछन्। 'तर रेकर्ड तोड्नलाई भने हैन,' उनी भन्छन्। यसपल्ट पनि तपाई आफ्नो रेकर्ड तोड्ने होला नि? बिएल नेपाली सेवालार्ड सहजै भने, 'रेकर्ड तोड्न हैन। आफ्नो नियमित काम गर्न जान लागेको हो।'
कामिरिता जति सहासिक छन्, उति नै सरल पनि। नरम बाेली, आत्माविश्वासी र हिमालप्रति सधै उच्च सम्मान राख्छन्, उनी। 'हाम्रो पेशा नै विदेशी आरोहीलाई सुरक्षित तरिकाले हिमाल चढ्न सहयोग गर्ने हो। हिमालै–हिमालको हाम्रो देश, पर्यटनको प्रचुर सम्भावना भएपनि सरकारले भरपुर प्रवर्धन गर्न सकिरहेको छैन।'
सोलुखुम्वु जिल्लाको थामे गाउँमा जन्मे–हुर्केको कामिरिताको बाल्यकाल चौरी डुलाउँदै बित्यो। स्कूल थिएन। पढ्न पाएनन्। तेन्जिङ नोर्गे शेर्पाको गाउँ समेत रहेको थामेमा थुप्रै शेर्पाहरूको मुख्य पेशा नै ‘माउन्टेन गाइड’ र सहयोगी हो। उनी पनि अग्रजहरूको पथ पछ्याउँदै २२ वर्षको कलिलो उमेरमा हिमाल चढ्ने पेशामा लागे। र, दुई वर्षपछि २४ वर्षमा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगे।
हाल उनी सेभेन समिट ट्रेक्स एण्ड एक्स्पिडिशनमा सिनियर ‘माउन्टेन गाइड’को रूपमा आवद्ध छन्। 'युवा पुस्तालाई उनले भोगेका जानेका हिमालका अनुभव वाड्ने र सिकाउने इच्छा छ,' उनी भविस्यकाे याेजना छ। नेपाल आएका विदेशी आरोहीलाई हिमाल चढ्न सहयोग गर्नु आफ्नो पेशा भएको उनी बताउँछन्। 'जानेको पेशा नै हिमाल चढ्नु हो, अरू के गर्ने त,' मुस्कुराउँदै भने।
सरकारलाई अनुरोध
सरकारलाई सरसफाईमा ध्यान दिन सुझाव दिन्छन्, उनी। वर्षेनि सयौँ हिमाल आरोहण गर्दा सगरमाथालगायत 'क्लाइम्बिङ पिक'हरूमा फोहोर थुप्रिन्छ। सरसफाई र व्यवस्थापन गर्न सरकारले पर्याप्त बजेट छुटाइयोस्, कामिरिताको सरकारलाई अनुरोध छ।
हिमाल सरसफाईको जिम्मा भने हिमालसँग सम्बन्धित नेपाल पर्वतारोहण संघ जस्ता संघ–संस्थालाई दियो भने प्रभावकारी हुने समेत उनको ठहर छ। साथै हिमाल आरोहणको मौसममा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्नुको साथै सशक्त रेस्क्यु टिम परिचालन गर्न समेत सुझाव दिएका छन्।
शुक्रवार किर्तिमानी कामिरिता शेर्पालाई नेपाल पर्वतीय पथ प्रदर्शक संघ नेपाल (मोगान)का पदाधकारीद्वारा सर्वोच्च सिखर सगरमाथामा संघको झण्डा फर्फराउन हस्तान्तरण गरेका थिए। भेटघाटमा संघका सञ्जिव गुरूङ (अध्यक्ष), पासाङ लामा (उपाध्यक्ष) रामकाजी तिवारी (महासचिव) सहित विदेशी आरोहि लियोनार्डो नमेन र जोन्सनले पनि सगरमाथाका लागि सफल यात्राको शुभकामाना समेत दिएका थिए।
यो स्प्रिङ सिजनमा पछिल्लो विवरण अनुसार ६१ देशका ५०५ जना आरोहीले विभिन्न हिमाल क्लाईम्विङ पर्मिट लिएकोमा सगरमाथा २०४ जना रहेको पर्यटन विभागले जनाएको छ।