वसन्त ऋतुको आगमनसँगै राजधानी काठमाडौं ज्याकाराण्डा फूलले ढकमक्क भएको छ। सिंहदरबार वरिपरी, सडक किनाराका रुखहरू अहिले निलो-बैजनी फूलले सजिएका छन्। यिनै रुखहरू हुन्- ज्याकाराण्डा, जसले शहरलाई नयाँ सौन्दर्यको दृश्य बनाइदिएको छ। सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाशमुनी नीलै फूलले छायाँ दिइरहेका छन्। सडकका दुवै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन्।
तस्बिरहरू: बिजेन अमात्य