पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै एमाले तीन सांसदले दिए राजीनामा

लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भए लगत्तै नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।

उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्। 

राजिनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दृगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन्।

श्रीवास्तव ब्रिजेशकुमार गुप्तानिकट मानिन्छन् भने पाण्डेय कांग्रेसबाट एमाले प्रवेश गरी चुनाव लडेका थिए। शाही भने मुख्यमन्त्री पाेखरेलसँग असन्तुष्ट छन्।

माधव नेपाल पक्षमा लागेका प्रदेश सभा सदस्यद्वय रमा घर्ती र विष्णु पन्थी भने पाेखरेलकै पक्षमा छन्। 


पोखरेल पुन: मुख्यमन्त्री नियुक्त, विमलालाई दलत्याग ऐनअनुसार कारवाही हुने

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेल प्रदेशसभा सदस्य विमला वली माओवादीकेन्द्रमा लाग्ने घोषणा गरे पनि पुन: आजै मुख्यमन्त्री नियुक्त भएका छन्।

पोखरेललाई प्रदेश प्रमुखबाट आजै (आइतबार) सपथ ग्रहण गराउने तयारी छ। पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्ने छन्।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

पाेखरेललाई संकटमा पार्दै दाङकी सांसद विमला केसी माओवादी प्रवेश

माओवादीले सांसद् विमला केसीलाई गुरिल्ला शैलीमा अपहरण गरे: एमाले प्रदेश-अध्यक्ष गिरी

को हुन् मुख्यमन्त्री पोखरेललाई अप्ठेरोमा पार्ने विमला वली 

प्रकाशित मिति: : 2021-05-02 16:13:00

प्रतिकृया दिनुहोस्