माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
महेश नेपाली
'छिना साँघु तरेर उकालो,
पुगेपछि लाग्छ सुकालो।
क्या राम्रो स्कुल छ बोहरा गाउँअैमा, शान्त ठाउँअैमा।।'
आजभन्दा १५ वर्षअगाडि रत्नचुडेश्वर माविमा अध्ययन गर्ने हरेक विद्यार्थीले बाटोमा हिँड्दा हिँड्दै सगौरव गाउँने गीत हो, यो।
गीतले नै देखाएको थियो स्कुलको उचाइ। त्यहाँ पढ्ने विद्यार्थी, छाेराछौरी पढाउने अभिभावक र पढाउने मास्टर सबैका शीर ठाडो थियो, छाती चौँडा थियो, निधार टलक्क टल्किरहेको थियो।
देशको अस्थिर राजनीति, निषेधको राजनीति, भागबन्डाको राजनीति वा शैक्षिक संस्थामा हुने चरम राजनीतिले फलामे पिलरको डन्डीमा खिया लगाएको थियो। पात्र फेरिए पनि प्रवृति बिग्रिएपछि स्कुलको स्थिति हिउँदमा पात झरेको बिरुवाजस्तो भयो।
त्यसपछि पढेको खडेरीले पालुवा पलाउन सकेनन्। भएका हाँगाबिँगा पनि सुके। बिस्तारै रुख पनि सुक्दै गयो र काटिने अवस्थामा पुग्यो।
जलेर खरानी भएको फिनिक्स चरा खरानीबाटै पुन जन्मेजस्तै एक पटक फेरि उत्साह पलाएको छ। सुकेर टङ पल्टेको रुखका जराबाट हाँगा पलाए। परिणाम पठनपाठनलगायत विविध कारणले स्तर खस्किएको रत्नचूडेश्वर मावि फेरि गुल्जार हुन खोजिरहेको छ।
एउटा परिणाममुखी योजना बनाएरै अगाडि बढ्न खोजेको छ। त्यही अनुरुप कार्य थालनी गरिएको स्कुलका प्रधानाध्यापक कृष्णबहादुर रोकायाले बताए।
'विगतमा हाम्रा केही कमजोरी भए। स्कुलले सोचे अनुरुपको परिणाम दिन सकेन,' उनले भने, 'अब हामी योजनावद्ध रुपमा प्रतिबद्ध भएर लागिरहेका छौँ। स्कुलको हितका लागि हामी सबै शिक्षक, कर्मचारी एक छौँ।'
एक दशकभन्दा अगाडि खिया लागेको स्कुल भत्किन पनि एक दशक नै लाग्यो। उनका अनुसार अब परिणाम पाउन पनि एक दशक लाग्न सक्छ। त्यही भएर दृढ इच्छाशक्तिको आवश्यकता छ। थकानलाई कुन चराको नाम बनाउनु छ।
प्राय: निम्न आयस्रोत भएका अभिभावक र त्यसमा पनि अधिकांश दलित समुदायका विद्यार्थी मात्र पढिरहेको विद्यालयको शैक्षिक स्तर खस्कँदै गएपछि एउटा समुदाय नै पिँधमा रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद न्यौपानेले बताए।
'एउटा समुन्नत समाजको परिकल्पना गर्ने हामीले शैक्षिक स्तरलाई ध्यान दिन सकेनौं भने किन आदर्शको कुरा गर्नु?,' उनले प्रश्न गर्दै भने, 'स्कुल राम्रो भयो भने सब राम्रो हुन्छ। मेरो सम्पूर्ण उत्साह त्यसैमा केन्द्रित छ। हाम्रो सामुहिक स्वार्थ भनेकै विद्यालयको अवस्थामा सुधार गर्ने हो।'
पछिल्लो समय विद्यालयमा पूर्वप्राथमिक तहमा पढाउने गरी दुईजना अनुभवी शिक्षक नियुक्ति गरिएको छ। अरु दुई जना दक्ष शिक्षक ल्याएर अंग्रेजी माध्यममा पठनपाठनको तयारी भइरहेको प्रधानाध्यापक रोकायाले पथे।
'बेस मुख्य कुरा भएकोले अंग्रेजी माध्ययमलाई ध्यान दिएका छौँ। त्यसका लागि अंग्रेजी माध्यममा लामो समय पढाउनुभएका शिक्षकलाई निजी स्रोतमा भर्ना गरेका छौँ। हामीलाई आशा छ परिणाम समुदाय र अविभावकले विश्वास गर्ने खालको निश्कने छ,' उनले भने।
स्कुलले समुदायमा नियमित रुपमा विद्यार्थी भर्नाको लागि घरदैलो अभियान चलाइरहेको छ। यसको परिणाम सकारात्मक निस्किएको र विद्यालय परिवार उत्साहित भएको सहायक प्रधानाध्यापक कुलराज देवकोटाले बताए।
'हामी हाम्रा केही सीमाहरुलाई सुधारेर फंसनमा आउन खोजिरहेका छौँ,' उनले भने, 'यसमा सबैको साथ सहयोग चाहिन्छ। रचनात्मक सल्लाह, सुझाव र आलोचनाको अपेक्षा राखेका छौँ।'
जुम्लाको खलंगा बजारको किनारामै रहेको रत्नचूडेश्वर माविको भौगोलिक अवस्थिति अत्यन्तै मिलेको र लोभलाग्दो छ। अध्ययनका लागि जिल्लाकै उत्कृष्ट पुस्तकालय छ। यसअघि सुधार हुन नसकेको विद्यालय अहिले प्रयास गरिरहेको छ।
विद्यालय परिवारको योजना छ। पाठ्यपुस्तक, पुस्तकहरु पुनमुद्रण भएझैं फेरि पनि सामूहिक रुपमा माथिको गीत गाउने।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया