पूर्वप्रधानमन्त्री डा. भट्टराईको वीर अस्पतालमा ट्युमरको शल्यक्रिया  हुँदै

आज अस्पताल भर्ना हुने 

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाडौँकी वीर अस्पतालमा न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ।

काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुनेछ। त्यसका लागि अध्यक्ष भट्टराई बिहीवार अस्पताल भर्ना हुने उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन्। शल्यक्रिया वैशाख १७ गते हुनेछ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो।

वायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan सहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए। शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो।

चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेको पनि पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: : 2021-04-29 11:33:00

प्रतिकृया दिनुहोस्