इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्स्ले कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेको छ।
मंगलबार राती चेन्नाईमा भएको खेलमा मुम्बईले कोलकत्तालाई १० रनले पराजित गरेको हो। मुम्बईले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको कोलकत्ता २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रनमा समेटिन पुग्यो।
मुम्बईको जितमा सुर्य कुमार यादवले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित शर्माले ४३ रन बनाउदा हार्दिक पाण्डय र कुर्नाल पाण्डयले समान १५–१५ रनको योग्दान गरे।
कोलकत्ताका आन्द्रे रसेलले ५ तथा पाट कुमिन्सले २ विकेट लिए।
यस्तै, जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताका लागि ५७ रनको अर्धसतकीय इनिङ्स खेले। शुबमान गिलले ३३ रनको योग्दान गरे। कप्तान इयान मार्गन ७ रनमा आउट भए।
मुम्बईका राहुल चाहरले ४ तथा ट्रेण्ड बोल्टले २ विकेट लिए। यो कोलकत्ताको पहिलो हार हो। यसअघि कोलकत्ताले रनराइजर्स हैदरावादलाई पराजित गरको थियो। कोलकत्ताले २ खेलबाट २ अंक जोडेको छ।
मुम्बईको पनि २ अंक मात्रै रहेको छ। यसअघि मुम्बई पहिलो खेलमा रोयल च्यालेञ्जर्स बैंलोरसँग पराजित भएको थियो।