शिक्षा मन्त्रालयमा वार्ताका लागि गएका शिक्षकहरू गेटबाटै फर्किएका छन्।
सरकारले वार्ताका लागि पुनः आह्वान गरेपछि सिंहदरबार पुगेका शिक्षकहरू गेट पास नभएपछि त्यहीँबाट फर्किएका हुन्।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित महासंघका २५ जना शिक्षक सिंहदरबार गएका थिए।
तर सिंहदरबार प्रवेश पास नपाएपछि वार्ताबिनै फर्किएकाे अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभाइ कार्कीले जानकारी दिए।