न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
बिएल संवाददाता
एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा शनिबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र काठमाडौं किङ्स इलेभनबीच प्रतिस्पर्धा हुनेछ। खेल विहान साढे ९ बजे हुनेछ।
दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १ बजे सुरु हुनेछ।
शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्ने योजनामा हुनेछ। भैरहवाले ३ खेलमा ४ अंक जोडेको छ। भैरहवा अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं पनि दोस्रो जितको खोजीमा रहेको छ। काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौ स्थानमा छ।
विराटनगर पहिलो जित निकाल्न चाहन्छ। करण केसीको कप्तानीमा रहेको विराटनगरले ३ खेलमा जित निकाल्न सकेको छैन।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ। पोखरा ३ खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ।
प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया