म्यान्मारमा भइरहेको नरसंहारविरूद्ध राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन (तस्बिरसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

म्यान्मार सैन्य जुन्ताद्वारा भइरहेको हत्या र दमनविरुद्ध काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरिएको छ।

प्रजातान्त्रिक विचार समाज नेपाल, मानवअधिकार संगठन, न्यायका लागि मानवअधिकार सञ्जालको आयोजनामा म्यान्मार सैन्य 'कू'को विरोध जनाएका हुन्।

नागरिक हत्याको विरोध तथा लोकतन्त्र पुनःस्थापनका लागि राष्ट्रसंघको कार्यालय अघि पुगेर मानवअधिकारवादीहरूले म्यान्मार सैन्य जुन्तालाई दबाब दिएका छन्।

म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि दुई महिनादेखि दिनहुँजसो विरोध प्रदर्शन भइरहेको छ।

म्यान्मारमा भएको सैन्य दमनविरुद्ध उत्रेहरुले ‘म्यानमारमा मानवअधिकार उल्लंघन बन्द गर’, ‘प्रजातन्त्र र नागरिक शासन बहाली गर’,‘नागरिक शासन बहाली गर’, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’ लगायतका नारासहित विरोध प्रदर्शन गरेका छन्।

सुरक्षा फौजको गोली लागेर ‘कू’ भएयता ५ सय ४३ प्रदर्शनकारीले ज्यान गुमाएका छन्। कतिपय घरमै बसिरहेका नागरिकमाथि सुरक्षकर्मीले अन्धाधुन्ध गोली चलाएर हत्या गरेको छन्।


म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा २५४ प्रदर्शनकारीको मृत्यु

म्यान्मार ‘कू’: मर्नुअघि ७ वर्षीया खिनको अन्तिम वाक्य, ‘भो बुवा अब खप्न सक्दिनँ’ (भिडियो)

म्यान्मार 'विद्रोही सेना'द्वारा सरकारी सेनाको चौकी कब्जा

म्यान्मारको प्रजातन्त्र पुनर्बहाली आन्दोलनमा डेढ महिनाभित्र ३२० जनाको हत्या, ३ हजार गिरफ्तार

म्यान्मार नरसंहारः एकै दिन ११४ प्रदर्शनकारी मारिए (भिडियो)

म्यान्मार सेनाको क्रूरताः दिनभर हिंसा, रातभर भव्य भोजको आयोजना

प्रकाशित मिति: : 2021-04-02 14:16:00

प्रतिकृया दिनुहोस्