म्यान्मार नरसंहारः एकै दिन ११४ प्रदर्शनकारी मारिए (भिडियो)

Photo - Reuters
Photo - Reuters

म्यान्मार सैन्य जुन्ताले शनिबार प्रजातन्त्रकाे समर्थनमा उत्रेका कम्तीमा ११४ प्रदर्शनकारीकाे गाेली हानी हत्या गरेको छ। सेनाले ७६ औं सशस्त्र फौज दिवसका अवसरमा ‘कू’ यताकै रक्तपात दिन बनेको हो।

राजधानी नेपिडाे, रंगुन र माण्डलेलगायत शहरमा सुरक्षाकर्मीले बर्बर दमन गरेको छ। शनिबार थाइल्यान्डसँगको सीमा नजिकै १० जनाले ज्यान गुमाएका छन्। माण्डलेमा कम्तीमा ४० जना र रंगुनमा २७ जना मारिएका छन्।

प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै सडक आन्दोलनमा सहभागी स्वतन्त्र नागरिकमाथि सुरक्षा फाैजले चलाएकाे गाेली लागेर एकैदिन देशका विभित्र शहरमा थप ११४ भन्दा बढी मारिएकाे बर्मेली मिडिया म्यान्मार नाउले जनाएको छ। 

म्यान्मारमा सैन्य ‘कू’ यता ज्यान गुमाउने प्रदर्शनकारीकाे संख्या ४ सय नाघेको छ भने चार हजारको हाराहारीमा प्रदर्शनकारीलाई सैन्य सरकारले गिरफ्तार गरिसकेको छ। 

Image

म्यान्मारमा १ फेब्रुअरी २०२१ मा सेनाले प्रजातान्त्रिक सरकारलाई अपद्स्थ गर्दै सैन्य व्यवस्था लादेको थियो। सेनाको यस कार्यको विरोध गर्दै म्यान्मारमा लोकतन्त्र पुन:स्थापनाका लागि संर्घष जारी छ। 

म्यान्मारमा विगत दुई महिनादेखि प्रजातन्त्र पुन:स्थापनाका लागि भइरहेको प्रदर्शनमा सेनाको हिंसात्मक कार्यवाहीलाई लिएर अमेरिका, युरोपेली युनियनले असन्तोष व्यक्त गरेका छन्।

युरोपेली युनियनको नेतृत्वमा अमेरिकाले मानव अधिकारवादी काउन्सिलको ४६ औं सेसनमा एउटा प्रस्ताव राखेको छ। जसमा म्यान्मारमा चलिरहेको सैन्य कार्यवाहीको निन्दा गरिएको छ।


म्यान्मार 'विद्रोही सेना'द्वारा सरकारी सेनाको चौकी कब्जा

कचिन स्वतन्त्र सेना (केआईए)ले बिहिबार विहान चिनियाँ सीमा नजिक म्यान्मार सरकारी सेनाको चौकी कब्जा गरेको छ।

दुई पक्षबीचको दोहोरो भिडन्तपछि विद्रोही सेना केआईएले कचिन राज्यको डाउफोनेयन क्षेत्रको आलाव बुअममा रहेको सरकारी सुरक्षा फौज बसिरहेको चौकी कब्जा गरेको हो। 

करिब ११ घण्टा लामो लडाईपछि उक्त चौकी कब्जा गर्न सफल भएको कचिन स्वतन्त्र सेनाका प्रवक्ता कर्नेल नाव बूले बताएका छन्। बर्मेली सञ्चार संस्था म्यान्मार नाउलाई उदृत गर्दै उनले भने, ‘अहिलेसम्म विरोधी पक्षको क्षतिबारे खुलासा भैसकेको छैन।’

डाउफोनेयनसँगै वाईंमाव क्षेत्र पनि अझै तनाबग्रस्त रहेको कुरा पनि उनले उल्लेख गरेका छन्।

सोमबार साँझ सरकारी सेनाले कचिन स्वतन्त्र सेनाको पोष्टमा भारी हतियारसहितको हमला गर्दा लडाईको सामना गर्नुपरेको थियो। त्यसको भोलिपल्ट विद्रोही सेना केआईए र म्यान्मार सरकारी सेनाबीच दोनमा रहेको तेस्रो बटालियनमा पनि भिडन्त भएको थियो। 

म्यान्मार सैन्य ‘कू’पछि मात्रै सरकारी सेना र विद्रोही सेनाबीच कम्तिमा ७ पटक झडप भइसकेको छ। कचिन राज्यमा जनभावना अनुरुप पछिल्लो समय कचिन स्वतन्त्र सेनाले रणनीतिक योजनाका साथ सरकारी पक्षलाई आक्रमण गरिरहेको छ। प्रजातन्त्रमाथि ‘कू’ गरेयता बर्मेली जनता सरकारी सेनाको विरूद्धमा आन्दोलित बनेका छन्। 

जनसमर्थनको अपेक्षामा गरेको विद्रोही केआईएले आफ्नो गतिविधिलाई तिब्र बनाउन थालेको छ। 


ज्यान जोगाउन बंकर बनाउँदै बर्मेली…

कचिन स्वतन्त्र सेना (केआईए) र सरकारी सेनाको गोलावारीबाट जोगिन शरणार्थीहरुले टोल–टोलमा बंकर बनाउन थालेका छन्।

गत सातादेखि उनीहरुलाई शरणार्थी शिविरमा बस्न सजिलो छैन। म्यान्मारको 'सैन्य कू' पछि गाउँ–गाउँमा विद्रोही संगठनहरु सक्रिय हुन थालेका छन्।

राज्यविरुद्ध विद्रोह गरिरहेको कचिन स्वतन्त्र सेना (केआईए)ले सरकारी सुरक्षा फौज लक्षित कारवाही सुरु गरेको छ। गत मार्च–२१ मा कचिन प्रान्तस्थित विभिन्न स्थानमा भएको सरकारी सेना र विद्रोही सेनाबीचको मुठभेडले स्थानीय त्रसित छन्।

सरकारी सुरक्षा फौजको गोलाबारीले शरणार्थी शिविरनजिकै विस्फोट भएपछि थ्रुपै मानिस घाइते भएका छन्।

पछिल्लो समय कचिन प्रान्तमा जारी विद्रोह 'सैन्य कू' विरुद्ध भएको केआईएले बताएको छ। 


बर्मेली भन्छन्, ‘बरू फाँसीमा चढ्छौं तर म्यान्मार फर्किँदैनौं’

म्यान्मारमा जारी सैन्य ‘कू’ बारे ‘बिएल भिडियो ब्रिफिङ’

आन्दोलनमा शहादत प्राप्त गरेकी १९ वर्षीया ‘एञ्जेल’को हृदयविदारक कथा

 

प्रकाशित मिति: : 2021-03-28 07:18:00

प्रतिकृया दिनुहोस्