बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ‘ओलीले लिनुपर्छ’ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन्।
मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरूको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा ‘मैले बनाए?’ भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरू आएको भन्दै आपत्ति जनाएका हुन्।
उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन, जिम्मा लिनुपर्छ भनेका छन्। हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्नेले गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन्। यो हाम्रो पार्टीविरुद्धको स्पष्ट हमला हो। हाम्रो लिडरसिपविरुद्धको स्पष्ट हमला हो। जिम्मा लिनुपर्छ रे, जिम्मा लिनुपर्छ भन्या के? परिस्थिति त्यस्तो बन्यो त्यहाँ भनेर प्रहरीले भनिराखेको छ।’
त्यस्तै, उनले भदौ २३ र २४ गतेको घटना डिप स्टेटको योजनाबद्ध हमला भएको भन्दै अहिलेको सरकार त्यही षडयन्त्रबाट आएको ‘सो कल्ड’ सरकार भन्दै व्यङग्य गरे।
अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालत र सडक संघर्षमा जाने घोषणा गर्दै आन्दोलन शान्तिपूर्ण, संविधान र लोकतन्त्रको पक्षमा हुने जानकारी दिए।
आफूहरूले गर्ने आन्दोलनमा कुनै घुसपैठ नहुने प्रष्ट पार्दै ओलीले आन्दोलनलाई अगाडि बढाउन सांसदहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया