मङ्गलबार, १८ नोभेम्बर २०२५

पोखराविरुद्ध विराटनगरको शानदार जित

News Image
• • •

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा विराटनगर किंग्सले  पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ।

विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८.५ ओभरमा अलआउट हुँदै १६७ रन मात्र बनाउन सक्यो। पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थियो। जुन एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो।

विराटनगरका लागि लोकेश बमले ४८ बलमा ७ छक्का र १ चौका हान्दै सर्वाधिक ७२ रनको योगदान गरे। यसैगरी गप्टिलले ३५ बलमा ६१ रन बनाए।

बलिङमा पोखराका लागि म्याट टेलरले सर्वाधिक दुई विकेट लिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!