ज्ञानबहादुर बगाले 'थापा'
म्यान्मार सैन्य 'कू'पछि प्रेस स्वतन्त्रताको पछिल्लो अवस्था चिन्ताजनक छ। जुन्ता सरकारले देशभर जनआन्दोलनलाई दबाउने काम जारी राखेपनि म्यान्माली जनता दिनहुँ सडकमै छन्।
सेनाको कुटाइबाट एक गोर्खाली (नेपालीभाषी)को मृत्यु भएको छ। सान राज्यको उत्तरी इलाका मुसेनगर हाेमून ग्राम निवासी ४३ वर्षीय सानाभाइ विश्वकर्मा (बर्मेली नाम– तैल्विन) लाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरी हत्या गरेको हो।
प्रजातन्त्रवादी नेतृ आङ सान सु की नेतृत्वको पार्टी 'नेशलन लिग फर डेमोक्रेसी'का सदस्य समेत रहेका विश्वकर्मालाई म्यान्मार सेनाले २८ फेब्रुअरीमा पक्राउ गरेको थियो। उनको रिहाईका लागि पटकपटक आग्रह गरिए पनि सेनाले नमानेको स्थानीय नेपाली भाषीले बिएल नेपाली सेवालाई बताए।
प्रदर्शनकारीले निषेधाज्ञ अवज्ञा गर्दै सडकमा उत्रिएका हुन्। उनीहरूले प्रजातन्त्रवादी समर्थकहरू नेत्री आङ सान सु कीसहितका नेताहरूको रिहाई माग गरिरहेका छन्। जुन्ता सरकारको सडक प्रतिबन्धलाई बर्मेली जनताले अस्वीकार गरेका हुन्। उनीहरूले सैन्य नेतृत्वलाई स्वीकार्न नसकिने स्पष्ट गरेका छन्।
हेर्नुहोस् पत्रकार ज्ञानबहादुर थापा ‘बगाले’काे भिडियो ब्रिफिङ’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया