म्यान्मारमा जारी सैन्य ‘कू’ बारे ‘बिएल भिडियो ब्रिफिङ’

ज्ञानबहादुर बगाले 'थापा'

मोगोक - म्यान्मार

म्यान्मार सैन्य 'कू'पछि प्रेस स्वतन्त्रताको पछिल्लो अवस्था चिन्ताजनक छ। जुन्ता सरकारले देशभर जनआन्दोलनलाई दबाउने काम जारी राखेपनि म्यान्माली जनता दिनहुँ सडकमै छन्।

सेनाको कुटाइबाट एक गोर्खाली (नेपालीभाषी)को मृत्यु भएको छ। सान राज्यको उत्तरी इलाका मुसेनगर हाेमून ग्राम निवासी ४३ वर्षीय सानाभाइ विश्वकर्मा (बर्मेली नाम– तैल्विन) लाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरी हत्या गरेको हो। 

प्रजातन्त्रवादी नेतृ आङ सान सु की नेतृत्वको पार्टी 'नेशलन लिग फर डेमोक्रेसी'का सदस्य समेत रहेका विश्वकर्मालाई म्यान्मार सेनाले २८ फेब्रुअरीमा पक्राउ गरेको थियो। उनको रिहाईका लागि पटकपटक आग्रह गरिए पनि सेनाले नमानेको स्थानीय नेपाली भाषीले बिएल नेपाली सेवालाई बताए। 

प्रदर्शनकारीले निषेधाज्ञ अवज्ञा गर्दै सडकमा उत्रिएका हुन्। उनीहरूले प्रजातन्त्रवादी समर्थकहरू नेत्री आङ सान सु कीसहितका नेताहरूको रिहाई माग गरिरहेका छन्। जुन्ता सरकारको सडक प्रतिबन्धलाई बर्मेली जनताले अस्वीकार गरेका हुन्। उनीहरूले सैन्य नेतृत्वलाई स्वीकार्न नसकिने स्पष्ट गरेका छन्।

हेर्नुहोस् पत्रकार ज्ञानबहादुर थापा ‘बगाले’काे भिडियो ब्रिफिङ’



'सैन्य शासन' लेख्दा पाँच मिडियाको इजाजतपत्र रद्द गर्‍यो 'बर्मेली–सेना' ले

बर्माको स्वतन्त्रता आन्दोलनमा 'सानाभाइ' पहिलो बर्मेली–नेपाली सहिद

बर्मेली नेपाली शारदा भन्छिन्– 'डराइ–डराइ जिउनुलाई जीवन भनिँदैन'

सैन्य दमनले गोर्खालीहरू 'खुनका आँशु' लिएर घर फर्किएका छन्

सैन्य 'कू'विरूद्ध सडकमा उर्जा थपिदै, नेपालीभाषी पनि आन्दोलित

सडकमा युवाको भिड बढेपछि अत्तालियो सैन्य सरकार

प्रकाशित मिति: : 2021-03-13 22:21:00

प्रतिकृया दिनुहोस्