 
                                            
                                        
                                     
                                निर्मल खराल
 
                                म्यान्मारमा सैन्य ‘कू’ यता ३ सय २० जनाले ज्यान गुमाइसकेका छन् भने तीन हजारको हाराहारीमा प्रदर्शनकारीलाई सैन्य सरकारले गिरफ्तार गरिसकेको छ।
म्यान्मारमा १ फेब्रुअरी २०२१ मा सेनाले प्रजातान्त्रिक सरकारलाई अपद्स्थ गर्दै सैन्य व्यवस्था लादेको थियो। सेनाको यस कार्यको विरोध गर्दै म्यान्मारमा लोकतन्त्र पुनस्र्थापनाका लागि संर्घष जारी छ।
असिसटेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर (एएपीपी) का अनुसार बिहीबार मात्र ९ जनालाई गोली ठोकेर मारिएको छ। सेनाले रंगुनस्थित थिङ्गान्ग्युन, सेगिङ क्षेत्रको खिन–यु टाउन, काचिन राज्यको मोहनिन टाउन, सान राज्यको ताङगुङ्गी शहरमा प्रदर्शनकारीको हत्या गरेको हो। यसको एक दिनअघि बुधबार २३ जनाले सहादत प्राप्त गरेका थिए।
हालै पक्राउ परेका प्रदर्शनकारीमध्ये २४ माथि गम्भीर अपराधको मुद्धा दायर गरिएको छ। पक्राउ परेका १ सय ९ जनामाथि भगौडाको आरोप थियो। बिहीबार शहरको धेरै ठाउँमा शान्तिपूर्ण आन्दोलन भएको थियो।
म्यान्मारको मुख्य शहर मान्डलेमा गत मंगलबार सेनाले ७ वर्षीय बालिकालाई उनको बुवाको काखामै गोली हानि हत्या गरेको थियो। यसअघि १६ वर्षीय युवाको पनि हत्या भएको थियो।
म्यान्मारमा विगत डेढ महिनादेखि प्रजातन्त्र पुनस्र्थापनाका लागि भइरहेको प्रदर्शनमा सेनाको हिंसात्मक कार्यवाहीलाई लिएर अमेरिका, युरोपेली युनियनले असन्तोष व्यक्त गरेका छन्। युरोपेली युनियनको नेतृत्वमा अमेरिकाले मानव अधिकारवादी काउन्सिलको ४६ औं सेसनमा एउटा प्रस्ताव राखेको छ। जसमा म्यान्मारमा चलिरहेको सैन्य कार्यवाहीको निन्दा गरिएको छ। साथै म्यान्मारमा सेनाको थुनामा परेका प्रजातन्त्रवादी नेताहरूलाई अविलम्ब रिहा गर्न माग गरिएको छ।
‘ट्रेजरी तथा स्टेट डिपार्टमेन्ट’का अनुसार बिहीबारदेखि लागु हुनेगरि अमेरिका र बेलायतले संयुक्त रूपमा म्यान्मारमाथि प्रतिबन्ध लगाएका छन्। यसअघि युरोपेली युनियनले ११ जनामाथि प्रतिबन्ध लगाएको थियो। यिनीहरू सबै म्यान्मारमा सैन्य शासन लागु गराउने विषयमा जिम्मेवार रहेको ठहर गरिएको छ।
यस्तै, बिहीबार विरोध प्रदर्शनमा सहभागीमध्ये ६ सय २८ लाई रिहा गरेको बर्मेली पत्रपत्रिकाले जनाएका छन्। यिनीहरूलाई गत महिना सेनाले पक्राउ गर्दै जेलमा हालेको थियो। रिहा भएको प्रदर्शनकारीमध्ये धेरै युवा भएको बताइएको छ। रिहालगत्तै बाहिर निस्किएका प्रदर्शनकारीले तीनवटा औला देखाएका थिए। म्यान्मारमा तीनवटा औला प्रदर्शन गर्नुलाई सेनाको विरोधको प्रतिक मानिन्छ।
गत नोभेम्बरमा म्यान्मारमा भएको आम निर्वाचनमा आङ सान सु कीको पार्टीले दुबै सदनमा गरेर ३ सय ९६ सिट प्राप्त गरेको थियो। उनको पार्टीले तल्लो सदनको ३ सय ३० सिटमध्ये २ सय ५८ मा जित हात पारेको थियो। यस्तै, माथिल्लो सदनको १ सय ६८ मध्ये १ सय ३८ सिटमा पनि कब्जा जमाएको थियो। म्यान्मारको प्रतिपक्षी पार्टी युनियन सोलिड्यारिटी एण्ड डेभलपमेन्ट पार्टीले दुबै सदनमा गरेर मात्र ३३ सिट प्राप्त गरेको थियो। यो पार्टी सेना समर्थित मानिन्छ। पार्टीका नेता थान हिते हुन्, जो सेनाका पूर्व ब्रिगेडियर जर्नेल हुन्।
निर्वाचनको पछिल्लो निर्णय सार्वजनिक भएपछि अतालिएको सेनाले चुनावको प्रक्रियामाथि नै प्रश्न उठाएको थियो। सेनाले सु कीको पार्टीले धांधली गरेको आरोप लगाएको थियो। सेनाले सर्वोच्च अदालत, राष्ट्रपति र चुनाव आयोगसमक्ष उजुरीसमेत दर्ता गराएको थियो। निर्वाचन नतिजापछि नै लोकतान्त्रिक विधिबाट आएको सरकार र सेनाबीच मतभेद सुरु भएको थियो।
प्रजातान्त्रिक सरकार ‘कू’ गरेपछि सेनाले १ वर्षका लागि इमर्जेन्सी घोषणा गरेको थियो।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया