निर्मल खराल
तानाशाहको आँखा हुदैन। मन पनि हुदैन। न त भावना हुन्छ, न संवेदना नै।
उसँग हुन्छ त केवल हिंसा र क्रुरताको डरलाग्दो हतियार। जसले मानवीय भूगोल, जीवन र सभ्यतालाई नै खतरामा पुर्याउने डर हुन्छ।
१ फेब्रअरी २०२१ म्यान्मारमा सेनाले सत्ता कब्जा गरेपछि थुप्रै दुःखद घटना घटे। अहिले पनि यो रोकिएको छैन। यसैबीच मानवीय संवेदनालाई बिछिप्त पार्ने एउटा घटना माण्डले शहरमा गत मंगलबार अर्थात २३ मार्चमा घट्यो।
सेनाको जुन्ता सरकारले ७ वर्षीया बालिका खिन म्यो चितलाई बुवाको काखमा भएको बेला गोली ठोकी हत्या गर्यो। जुन घटनाले मानव सभ्यतामाथि नै प्रश्न चिन्ह खडा भएको छ।
म्यान्मारमा विगत डेढ महिनादेखि जारी प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा मारिने सबैभन्दा कान्छो उमेरकी शहिद हुन्, खिन म्यो।
गत मंगलबार सत्ताको उन्मादमा म्यान्माली सेना गाउँ–टोलमा छापा मार्दै खिन म्योको घरसम्मै पुगेको थियो। सैन्य खानतलासीका क्रममा अतालिएकी म्यो दौँडिदै बुबाको काखमा घुस्रिएकी थिइन। तर, सेनाले बाबुलाई गोली ताक्दै ‘फायर’ गरेपछि काखमा रहेकी खिन म्योको पेटमा गोली लाग्यो।
उनी बुवाको काखमा रुदैँ छटपटाइरहिन्। तर, उनलाई उद्दार गर्न कोही अगाडी बढेनन्। अन्ततः रगतले लतपत्तिएकी खिन म्योको बुवाकै काखमा निधन भयो।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसीलाई उनको परिवारले दिएको जानकारी अनुसार सेनाको गोलीद्वारा ती अवोध बालिकाको निर्मम हत्या भयो।
बालिबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था सेभ द चिल्ड्रेनले आन्दोलनमा क्रममा लगभग २ दर्जन बालबालिकाको हत्या भइसकेको बताएको छ। उसले यसप्रति गम्भीर चिन्ता पनि व्यक्त गरेको छ।
मृतक ७ वर्षे बालिकाकी २५ वर्षीया दिदी मे थू सुमायाले बीबीसीलाई बताएअनुसार त्यसदिन हतियारधारी सैनिकहरू खानतलासी गर्दै आफ्नो घरमा छिरेका थिए। उनले भनिन्, ‘सेनाले लात्ति हानेर ढोका खोल्यो र मेरा बुवालाई घरमा अरु कोहि भए–नभएको सोध्यो।’
उनी अगाडी भनिन्, ‘जव बुवाले कोहीँ छैन भन्नुभयो, उहाँलाई झुटो बोलेको आरोप लगाउँदै घरको तलासी सुरु भयो। त्यहीँ समय मेरी बहिनी अतालिएर बुवाका काखतिर दौडिइन्। यति नै बेला सेनाले गोली हान्यो।’
म्यो परिवारका अन्य सदस्यहरूमा दाजुमाथि पनि सेनाले निर्मम कुटपिट गरे। हाल उनी हिरासतमा छन्।
म्यान्मार मुस्लिम मिडियासँगको संवादमा म्योका बुवाले अन्तिमसम्म छोरी छट्पटाइरहेको बताएका छन्। उनले भने, ‘छोरीले रुदैँ दुख्यो बुवा म सक्दिनँ खप्न भनिन्।’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया