म्यान्मार सेनाको क्रूरताः दिनभर हिंसा, रातभर भव्य भोजको आयोजना

म्यान्मारमा निर्दोष नागरिकमाथि सेनाले बर्बर दमन गरिरहेको छ। दुई महिनादेखि उनीहरू सैन्य जुन्ताको त्रासमा बाँचिरहेका छन्।

सैन्य शासनको अत्याचारले सीमा नाघेको बर्मेलीहरू बताउँछन्। सैन्य ‘कू’को विरोधमा शनिबार सडकमा उत्रिएका एक सयभन्दा बढी प्रदर्शनकारी सुरक्षा फौजद्वारा मारिएका छन्। 

तर, शनिबार साँझ सेना प्रमुख तथा ‘कू’का नाइके मिन आङ लाइङले सेनाका लागि भव्य भोजको आयोजना गरेका छन्। सेना प्रमुख मिनले 'सशस्त्र बल दिवस'को अबसरमा उक्त भोज आयोजना गरेको बीबीसीले खुलासा गरेको छ। 

‘कू’का कारण अहिलेसम्म ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। संयुक्त राष्ट्र संघजस्ता अन्तर्राष्ट्रिय निकायबाट म्यान्मारमा बढ्दो हिंसाका विरुद्ध पहल भइरहँदा समेत यहाँ सैन्य ज्यादतिका कारण घाइते हुने र ज्यान गुमाउनेको संख्या दिनहुँ उकालो लागिरहेको छ।

शनिबार साँझ राजधानीमा भव्य सैन्य भोजको आयोजना गरेको बर्मेली अधिकारवादी मङ् जार्नीले ट्वीटरमा तस्बिरसहित लेखेका छन्।


म्यान्मार सेनाको क्रूरताः खेलिरेहका एक वर्षीय बालकमाथि गोली प्रहार

म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा २५४ प्रदर्शनकारीको मृत्यु

म्यान्मार सैन्य 'कू': सुरक्षा फौजद्वारा शुक्रबार ११ जनाको हत्या

म्यान्मार नरसंहारः एकै दिन ११४ प्रदर्शनकारी मारिए (भिडियो)

म्यान्मारमा एकैदिन मारिए ९० प्रदर्शनकारी, सैन्य 'कू' यताकै घातक शनिबार

म्यान्मार सैन्य 'कू'को विरोधमा उत्रेका सयौं विद्यार्थी पक्राउ

जुन्ता सरकारको गोलीबाट साथीसँग खेलिरहेकी १६ वर्षीया किशोरीको हत्या

म्यान्मारमा एकैदिन ६० प्रदर्शनकारीको मृत्युपछि 'सैन्य कानून' लागू

म्यान्मार सैन्य 'कू'विरूद्ध उत्रेका १ सय ३० प्रदर्शनकारीको मृत्यु

म्यान्मारको सेनाद्वारा गर्भवती महिलाको हत्या

प्रकाशित मिति: : 2021-03-28 19:18:00

प्रतिकृया दिनुहोस्