म्यान्मार सैन्य 'कू'विरूद्ध उत्रेका १ सय ३० प्रदर्शनकारीको मृत्यु

Photo - AFP
Photo - AFP

सैन्य 'कू'विरूद्ध आन्दोलनमा उत्रिएका १ सय ३० जना बर्मेली सेनाद्धारा  मारिएका छन्।

अहिलेसम्म सुरक्षाकर्मीले चलाएको गाेली लागेर १ सय ३० जना स्वतन्त्र नागरिकको मृत्यु भएको यहाँको पत्रिका ऐरावतीले जनाएको छ।

सैन्य शासनविरूद्ध प्रदर्शन भएयताकै घातक दिन आइतबार भएको छ। बिहानैदेखि देशका विभिन्न स्थानमा आन्दोलित ३८ जनालाई जुन्ता सरकारले गोली प्रहार गरेर मारेको छ।

दक्षिण पूर्वी एसियाली देश म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि गत महिनादेखि हिंसात्मक प्रदर्शन भइरहेको छ। दिनहुँजसो शान्तिपूर्ण आन्दोलनमा स्वतन्त्र मानिसले विनाकारण ज्यान गुमाइरहेका छन्।

जनआन्दोलनमा प्रजातन्त्र पुनःस्थापनाको तीब्र आवाज उठिरहेको छ। उनीहरूले सैन्य हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलगायतको तत्काल रिहाईको माग गरिरहेका छन्। 

एकै दिन ३८ प्रदर्शनकारी मारिए
म्यान्मार सैन्य 'कू' विरूद्धको जारी जनआन्दोलनमा सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु भएको छ।

सैन्य तानाशाहीले रंगुनको हलिंग थारयार ईलाकाको एक बस्तीमा आइतबार राति प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली प्रहार गरेपछि कम्तीमा १८ जना मारिएका छन्।

राति ११ बजेतिर उक्त बस्तीमा सुरक्षाकर्मीले अमानवीय ढंगले आक्रमण गरेको उपचारमा खटिएका चिकित्सकहरूले  बताएको म्यान्मार नाउको समाचारमा उल्लेख छ। 

रंगुनको पश्चिमी बाहिरी क्षेत्रमा जुन्ता शासनले दिउँसो १ बजेदेखि प्रदर्शनकारीमाथि चरम दमन थालेपछि झडपको क्रम सुरु भएको थियो।

देशभर एकै दिन ३८ प्रदर्शनकारी मारिएपछि मानवअधिकारवादीले चिन्ता व्यक्त गरेका छन्।  सुरक्षाकर्मीको गोलीले हजाराै‌ं मानिस गम्भीर घाइते भएका छन्। 

म्यान्मारको सेनाद्वारा गर्भवती महिलाको हत्या
म्यान्मारको सैन्य नियन्त्रित सरकारले विरोध प्रदर्शन गरिरहेकी एक गर्भवती महिलालाई गोली ठोकी निर्मम हत्या गरेको छ।

सेनाविरूद्ध शनिबार उनी माण्डलेमा भएको प्रदर्शनमा उत्रिएकी थिइन्। प्रदर्शनमा पाँच प्रदर्शनकारीको निधन भएको थियो।

बर्मेली नागरिकमाथि सेनाको बर्बरताको यो जिउँदो नमुना भएको भन्दै देशी तथा विदेशी अधिकारकर्मीले विरोध जनाएका छन्।



म्यान्मार सैन्य 'कू':  एकै दिन ३८ प्रदर्शनकारी मारिए

म्यान्मारको बिग्रिदो अवस्थाः बर्मेलीहरू थप १८ महिना अमेरिका बस्न सक्ने 

म्यान्मारको सेनाद्वारा गर्भवती महिलाको हत्या

मोर्चाको अग्रपंक्तीमा युवा
म्यान्मार सेनाविरूद्धको आन्दोलनमा मारिनेहरूमा युवाहरूको संख्या बढी छ। उनीहरू प्रजातन्त्र पुनःस्थापनको माग गरिरहेका छन्। देशका विभिन्न भागमा जारी आन्दोलनको अग्रभागमा उनीहरू नै देखिन्छन्।

केही दिनअघि चिनियाँ व्यवसायीमाथि आक्रमण भएपछि सैन्य अधिकारीले यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ।

उक्त क्षेत्रमा चिनियाँ चहलपहल पढेपछि प्रदर्शनकारीहरूले सैन्य तानाशाहीलाई चीनले समर्थन गरिरहेको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2021-03-15 10:53:00

प्रतिकृया दिनुहोस्