बिएल संवाददाता
म्यान्मार सैन्य जुन्ताले शनिबार प्रजातन्त्रकाे समर्थनमा उत्रेका कम्तीमा ९० प्रदर्शनकारीकाे गाेली हानी हत्या गरेको छ। शनिबार सबैभन्दा हिंसात्मक दिन बनेको छ।
प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै सडक प्रदर्शनमा उत्रेका स्वतन्त्र नागरिकमाथि सुरक्षा फाैजले चलाएकाे गाेली लागेर एकैदिन देशका विभित्र शहरमा थप ९० भन्दा बढी मारिएकाे बर्मेली मिडिया म्यान्मार नाउले जनाएको छ।
म्यान्मारमा सैन्य ‘कू’ यता ४ सय जनाले ज्यान गुमाइसकेका छन् भने चार हजारको हाराहारीमा प्रदर्शनकारीलाई सैन्य सरकारले गिरफ्तार गरिसकेको छ।
म्यान्मारमा १ फेब्रुअरी २०२१ मा सेनाले प्रजातान्त्रिक सरकारलाई अपद्स्थ गर्दै सैन्य व्यवस्था लादेको थियो। सेनाको यस कार्यको विरोध गर्दै म्यान्मारमा लोकतन्त्र पुन:स्थापनाका लागि संर्घष जारी छ।
म्यान्मारमा विगत दुई महिनादेखि प्रजातन्त्र पुन:स्थापनाका लागि भइरहेको प्रदर्शनमा सेनाको हिंसात्मक कार्यवाहीलाई लिएर अमेरिका, युरोपेली युनियनले असन्तोष व्यक्त गरेका छन्। युरोपेली युनियनको नेतृत्वमा अमेरिकाले मानव अधिकारवादी काउन्सिलको ४६ औं सेसनमा एउटा प्रस्ताव राखेको छ। जसमा म्यान्मारमा चलिरहेको सैन्य कार्यवाहीको निन्दा गरिएको छ। साथै म्यान्मारमा सेनाको थुनामा परेका प्रजातन्त्रवादी नेताहरूलाई अविलम्ब रिहा गर्न माग गरिएको छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया