निर्मल खराल
सैन्य 'कू'विरूद्धको प्रदर्शनमा उत्रेका सयौं विद्यार्थीलाई म्यान्मार सुरक्षाकर्मीले पक्राउ गरेको छ। प्रजातन्त्रको समर्थनमा शान्तिपूर्ण आन्दोलन गरिरहेका उनीहरूलाई सैन्य शासनको ठाडो आदेशमा पक्राउ गरिएको हो।
रंगुन विश्वविद्यालय र माण्डले विश्वविद्यालयका कम्तीमा ७ सय ७० विद्यार्थीलाई सुरक्षाफाैजले पक्राउ गरी हिरासतमा लिएकाे छ। ती मध्ये हजारौं विद्यार्थी भागाभाग गर्दा सम्पर्कबिहीन भएका छन्।
म्यान्मारमा प्रकृतिक प्रकोप व्यवस्थापन कानूनको धारा–२५ अनुसार भिडभाड गर्न सैन्य 'जुन्ता'ले बन्देज गरेको छ। प्रदर्शनकारी विद्यार्थीलाई सोही कानून बमोजिम कारबाही गर्ने सेनाले चेतावनी दिएको छ।
प्रदर्शनका क्रममा उनीहरूबाट गैर–कानूनी सामाग्री फेला पारेको सुरक्षाफाैजको आरोप छ। जुन्ता सरकारले संशोधन गरेर बनाएको कानून अनुसार कतिपय विद्यार्थीहरूलाई जेलसम्म पुर्याउन सक्ने प्रावधान छ।
सैन्य हिरासतमा रहेकाहरू सुरक्षित छन् या छैनन्– कुनै जानकारी नआएको बर्मेली पत्रिका ऐतावती जनाएको छ। उनीहरूको पछिल्लो अवस्था बारे परिवारका सदस्यहरू चिन्तित देखिन्छन्। उनीहरू सेनाको नियन्त्रणमा पुगेदेखि परिवारको सम्पर्कमा छैनन्।
स्वतन्त्र विद्यार्थीमाथिको हमलालाई संघ–संगठनका प्रतिनिधिहरू म्यान्मार जुन्तामा हारको मानसिकता आउन थालेको बताउँछन्। उनीहरूले हिरासतमा रहेका विद्यार्थीहरूलाई तत्काल रिहा गर्न समेत माग गरेका छन्।
विद्यार्थीहरू प्रजातन्त्र र स्वतन्त्रताको पुनःस्थापनाको लागि प्रदर्शनमा उत्रिएको माण्डले विश्वविद्यालय छात्र संघका एक सदस्यले बताएका छन्।
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया