निर्मल खराल
म्यान्मारको जुन्ता सरकारले माण्डले शहर क्षेत्रको चाउँजी गाउँमा सोमबार दिउँसो गोली हानेर १६ वर्षीया किशोरीको हत्या गरेको छ।
बिहानैदेखि अशान्त चाउँजीमा बन्दूकको आवाज सुनेपछि किशोरी म्या थिदा एए साथीको घरमा पुगेकी थिइन्।एकछिन खेलेर साथीसँगै फर्किने क्रममा घरनजिकैको डाँडामा सेनाले गोली प्रहार गरी उनको हत्या गरेको हो।
उनीसँगैकी साथीको भने औँलामा चोट लागेको छ। उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ। ‘मेरी छोरीलाई डाँडानिर जुन्ताको सेनाले दुई गोली हान्यो’, उनका बुबा यु विन क्यानले भने, ‘बन्दूकको आवाजले साना केटाकेटीहरू घरपछाडिको लुकिरहेका थिए। म्याको जुन्ताले हत्या ग¥यो र उसकी साथीलाई पनि गोलीको चोट छ।’
सेनाद्वारा मारिएकी ती १६ वर्षीया किशोरीको सोमबार साँझ नै अन्त्येष्टि गरिएको छ। उनी ११ कक्षामा पढ्थिन्। कोरोना महामारीका कारण उनको विद्यालय बन्द रहेको पिता क्यानले बताए।
सैन्य ‘कू’को विरोधमा दिनहुँ मोगोक, थाबेइकिन, माण्डलेलगायतका स्थानमा प्रदर्शन जारी छ। आन्दोलन बढ्दै गएपछि सेनाको घुम्ती टोलीले अन्धाधुन्ध गोली चलाएर निर्दोष नागरिकको समेत हत्या गर्दै आएको छ। सोमबार हत्या गरिएकी १६ वर्षीया किशोरी म्या त्यस्तै एक निर्दोष स्कुले छात्रा हुन्, जो प्रदर्शनमा गएकी पनि थिइनन्।
दक्षिण पूर्वी एसियाली देश म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि गत महिनादेखि हिंसात्मक प्रदर्शन भइरहेको छ। दिनहुँजसो शान्तिपूर्ण आन्दोलनमा स्वतन्त्र मानिसले विनाकारण ज्यान गुमाइरहेका छन्।
जनआन्दोलनमा प्रजातन्त्र पुनःस्थापनाको तीब्र आवाज उठिरहेको छ। उनीहरूले सैन्य हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको तत्काल रिहाईको माग गरिरहेका छन्। म्यान्मारको सबैभन्दा ठूलो शहर रंगुनमा चिनियाँ लगानीमा रहेका ३२ कम्पनीमा प्रदर्शनकारीले आक्रमण गरेका छन्।
म्यान्माली नागरिकले चीन सरकार सैन्य जुन्ताको सहयोगी बनेको आरोप लगाएका छन्। म्यान्मारको प्रजातन्त्रप्रति चिनियाँ पक्ष लामो समयदेखि खुशी नभएको उनीहरू बताउँछन्।
चिनियाँ लगानीमा रहेका ३२ कम्पनीमा भएको आगजनीबाट झण्डै ३६ मिलियन डलर भन्दा धेरै नोक्सा भएको म्यान्मारस्थित चिनियाँ दूतावासले जनाएको छ।
प्रदर्शनकारीको आक्रमणबाट कम्पनीमा कार्यरत चीनका केही नागरिक पनि गम्भीर घाइते भएका छन्। आन्दोलन उग्र बन्दै गएपछि म्यान्मार जुन्ता सरकारले चिनियाँ कम्पनी भएको इलाकामा सैन्य कानून लागू गरेको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया