निर्मल खराल
म्यान्मार सैन्य कूविरूद्ध उत्रेका प्रदर्शनकारीले चिनियाँ कम्पनीमा आगो लगाएका छन्।
चीन सरकारले सैन्य जुन्तालाई समर्थन गरेको आरोपमा म्यान्मार रहेका ३२ चिनियाँ कम्पनीमा उनीहरूले आगजनी गरेका हुन्।
म्यान्मारको सबैभन्दा ठूलो शहर रंगुनमा चिनियाँ लगानीमा रहेका ३२ कम्पनीमा प्रदर्शनकारीले आक्रमण गरेका छन्। उनीहरूले यी कम्पनीमा आगो लगाउनुका साथै लुटपाट पनि मच्चाएका छन्।
म्यान्माली नागरिकले चीन सरकार सैन्य जुन्ताको सहयोगी बनेको आरोप लगाएका छन्। म्यान्मारको प्रजातन्त्रप्रति चिनियाँ पक्ष लामो समयदेखि खुशी नभएको उनीहरू बताउँछन्।
चिनियाँ लगानीमा रहेका ३२ कम्पनीमा भएको आगजनीबाट झण्डै ३६ मिलियन डलर भन्दा धेरै नोक्सा भएको म्यान्मारस्थित चिनियाँ दूतावासले जनाएको छ।
प्रदर्शनकारीको आक्रमणबाट कम्पनीमा कार्यरत चीनका केही नागरिक पनि गम्भीर घाइते भएका छन्।
आन्दोलन उग्र बन्दै गएपछि म्यान्मार जुन्ता सरकारले चिनियाँ कम्पनी भएको इलाकामा सैन्य कानून लागू गरेको छ।
प्रजातन्त्र पुनःस्थापना माग गर्दै दिनहुँ शान्तिपूर्ण रुपमा आन्दोलित स्वतन्त्र नागरिकमाथि सैन्य जुन्ताले दमन गरेको छ।
म्यान्मारमा सुरक्षाकर्मीको गोली लागेर सयौं प्रदर्शनकारी मारिएका छन् भने हजारौं उपचाररत रहेका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया