
निर्मल खराल
म्यान्मारमा सैन्य 'कू'को विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर मंगलबारसम्म कम्तीमा १९३ जनाको मृत्यु भएको छ।
सेनाले चलाएको गोली लागेर रंगुनको दक्षिणी क्षेत्रमा मंगलबारसमेत थप एक जना स्वतन्त्र नागरिकको मृत्यु भएको छ। 'कू'विरूद्ध प्रदर्शन गरिरहेका जनतामाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएपछि दर्जनभन्दा बढी घाइते भएको बर्मेली मिडिया ऐतावतीले जनाएको छ।
सेनाको गोली लागेर आइतबार एकै दिन ६३ जनाको मृत्यु भएको थियो। रंगुनको हाइलाङ थायेर क्षेत्रमा भएको नरसंहार 'कू' भएयता कै सबैभन्दा घातक मानिएको छ। सोमबार पनि देशभरका विभिन्न प्रदर्शनमा धेरै मानिसले ज्यान गुमाएका छन्।
आइतबार र सोमबारको हिंसात्मक आन्दोलनपछि रंगुन लगायतका क्षेत्रमा सैन्य कानून लागू भएको छ। दक्षिण पूर्वी एसियाली देश म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि गत महिनादेखि हिंसात्मक प्रदर्शन भइरहेको छ। दिनहुँजसो शान्तिपूर्ण आन्दोलनमा स्वतन्त्र मानिसले विनाकारण ज्यान गुमाइरहेका छन्।
जनआन्दोलनमा प्रजातन्त्र पुनःस्थापनाको तीब्र आवाज उठिरहेको छ। उनीहरूले सैन्य हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको तत्काल रिहाईको माग गरिरहेका छन्।
सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता म्यान्मारमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएका छन्। हालसम्म भएका प्रदर्शनमा मृत्यु हुनेको संख्या १ सय ९३ नाघेको छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया