म्यान्मारमा एकैदिन ६० प्रदर्शनकारीको मृत्युपछि 'सैन्य कानून' लागू

निर्मल खराल

मोगोक - म्यान्मार

सैन्य 'कू'विरूद्ध आन्दोलनमा उत्रेका ६० जना बर्मेली सेनाद्धारा  मारिएका छन्। 

आईतबार सुरक्षाकर्मीले चलाएको गाली लागेर ६० जना स्वतन्त्र नागरिकको मृत्यु भएको बर्मेली मिडिया म्यान्मार नाउले जनाएको छ।

प्रदर्शनकै क्रममा १ सय २९ जना गम्भीर घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आईतबारको रक्तपातपूर्ण आन्दोलनपछि आर्थिक राजधानी लगायतका क्षेत्रमा सैन्य कानून लागू भएको छ। 

सैन्य शासनविरूद्ध प्रदर्शन भएयताकै घातक दिन आईतबार भएको छ। विहानैदेखि देशका विभिन्न स्थानमा आन्दोलित कम्तीमा ६० जनालाई जुन्ता सरकारले गोली प्रहार गरेर मारेको छ। 

दक्षिण पूर्वी एसियाली देश म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि गत महिनादेखि हिंसात्मक प्रदर्शन भइरहेको छ। दिनहुँजसो शान्तिपूर्ण आन्दोलनमा स्वतन्त्र मानिसले विनाकारण ज्यान गुमाइरहेका छन्। 

जनआन्दोलनमा प्रजातन्त्र पुनःस्थापनाको तीब्र आवाज उठिरहेको छ। उनीहरूले सैन्य हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलगायतको तत्काल रिहाईको माग गरिरहेका छन्। 

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता म्यान्मारमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएका छन्। हालसम्म भएका प्रदर्शनमा मृत्यु हुनेको संख्या सय नाघिसकेको छ। आइतबार साँझसम्म २ हजारभन्दा बढी पक्राउ परिसकेको जनाइएको छ।



म्यान्मारको सेनाद्वारा गर्भवती महिलाको हत्या

म्यान्मारको सैन्य नियन्त्रित सरकारले विरोध प्रदर्शन गरिरहेकी एक गर्भवती महिलालाई गोली ठोकी निर्मम हत्या गरेको छ।

सेनाविरूद्ध शनिबार उनी माण्डलेमा भएको प्रदर्शनमा उत्रिएकी थिइन। प्रदर्शनमा पाँच प्रदर्शनकारीको निधन भएको थियो।

बर्मेली नागरिकमाथि सेनाको बर्बरताको यो जिउँदो नमुना भएको भन्दै देशी तथा विदेशी अधिकारकर्मीले विरोध जनाएका छन्।



आन्दोलनमा शहादत प्राप्त गरेकी १९ वर्षीया ‘एञ्जेल’को हृदयविदारक कथा



म्यान्मारमा जारी सैन्य ‘कू’ बारे ‘बिएल भिडियो ब्रिफिङ’

प्रकाशित मिति: : 2021-03-14 14:24:00

प्रकाशित मिति: : 2021-03-15 19:11:00

प्रतिकृया दिनुहोस्